बेइजिङ । चीनमा विकसित विद्युतीय यात्रुवाहक विमानले गत सप्ताहान्तमा चालक दलसहित पहिलो परीक्षण उडान पूरा गरेको छ । यसलाई चीनको स्वदेशी उड्डयन उद्योगको विकासतर्फको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
विमानबाट हुने कार्बन उत्सर्जन नियन्त्रण गर्नु विश्वव्यापी उड्डयन उद्योगका लागि चुनौती बन्दै गएको छ । यस्तो अवस्थामा इन्धनको खपत र वातावरणीय प्रदूषण घटाउन विद्युतीय विमानलाई सम्भावित विकल्पका रूपमा हेरिएको छ ।
Read full story at source ( ratopati.com )