Trending
Prev Story
Next Story

साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा ७७ प्रतिशतले बढ्यो, इपीएस सहित अन्य सूचक कस्ता ?

Arthasansar •
November 17, 2026 • 09:34 AM
2
2 reads 0 reactions

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्ममा खुद नाफा ७७.७२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक...

साल्ट ट्रेडिङ कर्पोरेशनको नाफा ७७ प्रतिशतले बढ्यो, इपीएस सहित अन्य सूचक कस्ता ?

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकसम्ममा खुद नाफा ७७.७२ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफामा उक्त वृद्धि देखिएको हो ।

कम्पनीले यो अवधिमा २ करोड ५२ लाख ४६ हजार ५४९ रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १ करोड ४२ लाख ६ हजार ३१९ रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । गत आवको पहिलो त्रैमाकिसमा २ अर्ब २४ करोड ३६ लाख ५४ हजार रुपैयाँ रहेको बिक्री आम्दानी बढेर चालु वर्षको सोही अवधिमा ४ अर्ब ३१ करोड २९ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीको बिक्री आम्दानी ९२.२३ प्रतिशतको बढेको हो ।

बिक्री आम्दानी बढे पनि कम्पनीको कुल मुनाफा भने २७ करोड ६ लाख ३० हजार रुपैयाँबाट घटेर २३ करोड ७२ लाख १२ हजार रुपैयाँमा सीमित भएको छ । तर कम्पनीको ब्याज खर्चमा आएको उल्लेख्य गिरावटले खुद नाफा बढाउन सहयोग पुगेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको ब्याज खर्च १४ करोड ५० लाख रुपैयाँबाट घटेर ७ करोड ५ लाख ७४ हजार रुपैयाँमा झरेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४.४३ रुपैयाँबाट बढेर ७.१९ रुपैयाँ पुगेको छ भने वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी २८.७६ रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ३८०.०९ रुपैयाँ रहेको छ । मूल्य आम्दानी अनुपात (पीई रेसियो) १९४.४३ गुणा रहेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1h ago
साल्ट ट्रेडिङको नाफा ७८ प्रतिशतले बढ्यो, ईपीएस कति ?

साल्ट ट्रेडिङको नाफा ७८ प्रतिशतले बढ्यो, ईपीएस कति ?

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ७७.७२ प्रतिशतले...

#नाफा #साल्ट #ट्रेडिङ
Compare →
Hamro Patro News
1d ago
घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, यस्ता छन् अन्य सूचक

सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा घाटामा रहेको कम्पनी ...

#नाफा #सूचक
Compare →
Ekantipur
2d ago
कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

कर्जाको लागत घट्दा २१ प्रतिशत बढ्यो साहस ऊर्जाको नाफा

बैंकहरू ब्याजदर घटेकोले कर्जाको लागत घट्दा वित्तीय खर्च पनि घटेको हो ।

#नाफा
Compare →
Onlinekhabar
2d ago
माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

माथिल्लो तामाकोशीले ३ महिनामा कमायो १ अर्ब ६५ करोड नाफा

२९ कात्तिक, काठमाडौं । ४५६ मेगावाटको आयोजना सञ्चालन गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले तीन महिनामै करिब ४ अर्बको बिजुली बिक्री गरेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको बिक्री आम्दानी ३ …

#नाफा
Compare →

Related Stories

Business & Economy
Build #2612