Trending
Prev Story
Next Story

धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप : आर्मीको ९ गोल, बागमतीमाथि फराकिलो जित

Ekantipur •
November 16, 2026 • 04:02 PM
3
3 reads 0 reactions

सोमबार राति धरान रंगशालामा सम्पन्न तेस्रो क्वाटरफाइनलमा आर्मीले बागमती युथ क्लबलाई ९–० गोलको विशाल अन्तरले पराजित गरेको हो।

धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप : आर्मीको ९ गोल, बागमतीमाथि फराकिलो जित

सोमबार राति धरान रंगशालामा सम्पन्न तेस्रो क्वाटरफाइनलमा आर्मीले बागमती युथ क्लबलाई ९–० गोलको विशाल अन्तरले पराजित गरेको हो।

सुनसरी — त्रिभुवन आर्मी फुटबल क्लबले रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगितामा फराकिलो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सोमबार राति धरान रंगशालामा सम्पन्न तेस्रो क्वाटरफाइनलमा आर्मीले बागमती युथ क्लबलाई ९–० गोलको विशाल अन्तरले पराजित गरेको हो। आर्मीको जितमा दीपा शाहीले चार गोल गरिन् भने जेनिफर रानाले ह्याट्रिक पूरा गरिन्। त्यस्तै, विमला चौधरी र तुलसा बोहराले एक–एक गोल थपे।

खेलको सुरुदेखि नै बागमतीलाई दबाबमा राखेको आर्मीले पहिलो हाफमै सात गोल गरेको थियो। खेल सुरु भएको पहिलो मिनेटमै दीपा शाहीले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन्। उनले पाँचौँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्। १६औँ मिनेटमा विमला चौधरीले गोल थपिन् भने १९औँ मिनेटमा जेनिफर रानाले गोल गर्दै आर्मीको अग्रता ४–० पुर्‍याइन्। पहिलो हाफमै आक्रमणलाई तीव्र बनाएको आर्मीका लागि २३औँ मिनेटमा दीपा शाहीले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। ३२औँ मिनेटमा जेनिफरले व्यक्तिगत दोस्रो गोल गरिन्। पहिलो हाफको ३७औँ मिनेटमा दीपाले व्यक्तिगत चौथो गोल थपेपछि आर्मीले ७–० को अग्रता बनाएको थियो।

दोस्रो हाफमा पनि आर्मीले गोल गर्ने क्रम रोकिएन। दोस्रो हाफको १९औँ मिनेटमा जेनिफर रानाले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन्। खेलको ३६औँ मिनेटमा तुलसा बोहराले थप एक गोल गरेपछि आर्मीले ९–० को फराकिलो जित सुनिश्चित गर्‍यो।

चार गोल गरेकी दीपा शाही र ह्याट्रिक गरेकी जेनिफर रानाको प्रदर्शन आर्मीको जितमा निर्णायक रह्यो। एकपक्षीय बनेको खेलमा बागमतीले कुनै गोल फर्काउन सकेन। प्रतियोगिताअन्तर्गत मंगलबार तेस्रो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र काँकडभिट्टा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। डी–१९ क्लब र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित आठ क्लब सहभागी छन्। विजेताले ट्रफीसहित पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ईभी स्कुटर पाउनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
22h ago
महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

सुनसरी । गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोलअन्तरले पराजित गर्दै आयोजक स्वर्णिम फुटबल क्लब प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारदेखि धरान...

#धरान #क्लब #गोल्डकप
Compare →
Nagarik News
1d ago
महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

महिला अन्तर्राष्ट्रिय गोल्डकपमा पूर्णिमाको चार गोल, भारतीय टोली ७-० ले पराजित

धरानमा शनिबारदेखि सुरु भएको रात्रिकालीन प्रतियोगिताको उद्घाटन खेलमा एपिएफका पूर्णिमा राईले खेलको १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

#गोल #गोल्डकप
Compare →

Related Stories

Sports
Build #2612