Trending
Prev Story
Next Story

इङ्ल्यान्डसँग हार्‍यो स्पेन, टुट्यो ४३ खेलको अपराजित यात्रा

Nagarik News •
November 16, 2026 • 12:55 AM
4
4 reads 0 reactions

अन्तिम समयमा स्पेनले लगातार दबाब बनाए पनि इङ्ल्यान्डका गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जित जोगाए।

इङ्ल्यान्डसँग हार्‍यो स्पेन, टुट्यो ४३ खेलको अपराजित यात्रा

युईएफए नेसन्स लिगमा इङ्ल्यान्डले विश्व च्याम्पियन स्पेनलाई ३-२ ले हराउँदै उसको ४३ खेलको अपराजित यात्रामा पूर्णविराम लगाएको छ।

सोमबार बिहान म्याड्रिडमा भएको खेलमा १० खेलाडीमा सीमित भएपछि पनि इङ्ल्यान्डले शानदार जित निकालेको हो।

इङ्ल्यान्डका लागि ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै राष्ट्रिय टोलीका लागि आफ्नो ९३औँ गोल पूरा गरे। दोस्रो हाफमा डेक्लान राइसको कर्नरमा एज्री कोन्साले हेडमार्फत गोल गरे भने जुड बेलिङ्घमको पासमा बेन ह्वाइटले गोल गर्दै इङ्ल्यान्डलाई ३-० को अग्रता दिलाए। तर इलियट एन्डरसनले लामिन यामाललाई फाउल गरेपछि रातो कार्ड पाएसँगै खेलको अवस्था बदलियो। मिकेल ओयारजाबालले पेनाल्टीमार्फत स्पेनका लागि पहिलो गोल गरे भने निको विलियम्सले अर्को गोल थपे।

अन्तिम समयमा स्पेनले लगातार दबाब बनाए पनि इङ्ल्यान्डका गोलकिपर जेम्स ट्राफोर्डले उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जित जोगाए। उनले फर्मिन लोपेज, एमेरिक लापोर्टे, यामाल र मार्क कुकुरेलाका महत्त्वपूर्ण प्रयास रोके।

इङ्ल्यान्डका डेक्लान राइसले टोली खेलअघि नै आत्मविश्वासी रहेको बताए। उनले भने, ‘हामीलाई थाहा थियो कि आज राति उनीहरूलाई हराउन सक्छौँ। हामी यहाँ पछाडि बसेर काउन्टर आक्रमण मात्र गर्न आएका थिएनौँ।’

स्पेनका गोलकिपर उनाई सिमोनले इङ्ल्यान्ड उत्कृष्ट रहेको स्वीकार गरे। उनले भने, ‘आज राति उनीहरू हामीभन्दा उत्कृष्ट थिए। हामी यसबाट सिकेर मार्चमा अझ राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ।’

समूह ए३ मा इङ्ल्यान्ड शीर्ष स्थानमा रह्यो। दुवै टोली भने खेलअघि नै क्वार्टरफाइनलमा पुगिसकेका थिए। इङ्ल्यान्डका प्रशिक्षक थोमस टुचेलले यसलाई आफ्नो टोलीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन बताएका छन्।

उनले भने, ‘परिस्थिति, दबाब, विपक्षीको गुणस्तर र खेलको स्थानलाई हेर्दा यो अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन थियो।’ एजेन्सी

प्रकाशित: ३० कार्तिक २०८३ ०६:४० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
स्पेनको ४३ खेलको अपराजित यात्रामा पूर्णविराम, १० खेलाडीमा सीमित इंग्ल्यान्डको ऐतिहासिक जित!

स्पेनको ४३ खेलको अपराजित यात्रामा पूर्णविराम, १० खेलाडीमा सीमित इंग्ल्यान्डको ऐतिहासिक जित!

म्याड्रिड । युइएफए नेसन्स लिगअन्तर्गतको रोमाञ्चक भिडन्तमा इंग्ल्यान्डले विश्व विजेता स्पेनलाई ३–२ गोलले पराजित गर्दै ऐतिहासिक जित निकालेको छ। यससँगै इंग्ल्यान्डले स्पेनको लगातार ४३ खेलदेखिको अपराजि...

#गोल #स्पेन #खेलको
Compare →
Bizshala
3d ago
महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ।...

#स्पेन
Compare →
Onlinekhabar
4d ago
महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

महँगी र आवास संकटविरुद्ध स्पेनमा प्रदर्शन, प्रदर्शनकारी र प्रहरीबीच झडप

२६ कात्तिक, काठमाडौं । बढ्दो आवास लागत र मुद्रास्फीतिको विरोधमा स्पेनमा १४ वर्षमा पहिलो पटक आम हडतालको क्रममा बार्सिलोनामा नकाबधारी समूह र प्रहरीबीच झडप भएको छ। देशका प्रमुख श्रमिक संगठनहरूको आह्वानमा भएको हडतालमा राजधानी म्याड्रिडमा करिब …

#स्पेन
Compare →

Related Stories

Sports
Build #2612