Trending
Prev Story
Next Story

महिला गोल्डकप : सजिनाको ह्याट्रिकसँगै स्वर्णिम सेमिफाइनलमा

Nagarik News •
November 16, 2026 • 12:29 AM
4
4 reads 0 reactions

आइतबारको खेलको ‘म्यान अफ दी म्याच’ आयोजक स्वर्णिम फुटबल क्लबका खेलाडी सजिना स्याङ्ताङ घोषित भइन्।

महिला गोल्डकप : सजिनाको ह्याट्रिकसँगै स्वर्णिम सेमिफाइनलमा

गाईघाट फुटबल क्लब उदयपुरलाई ५-० गोलअन्तरले पराजित गर्दै आयोजक स्वर्णिम फुटबल क्लब प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबारदेखि धरानमा सुरु भएको रात्रिकालीन प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा आयोजक स्वर्णिम क्लबका खेलाडी सजिना स्याङ्ताङले खेलको १३औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन्। उनले खेलको ६३औँ र इन्जुरी समयको ९१औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

त्यस्तै समीक्षा मगरले खेलको ३७औँ र ८६औँ मिनेटमा थप दुई गोल गरेपछि स्वर्णिम ५-० गोलअन्तरले विजयी भएको हो।

आइतबारको खेलको ‘म्यान अफ दी म्याच’ आयोजक स्वर्णिम फुटबल क्लबका खेलाडी सजिना स्याङ्ताङ घोषित भइन्। उनलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिएको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिए।

प्रतियोगिताअन्तर्गत सोमबार (आज) त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। डी-१९ क्लब धरान-१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता आगामी मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन्।

प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’लाई रु १० हजार प्रदान गरिनेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। रासस

प्रकाशित: ३० कार्तिक २०८३ ०६:१४ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
5h ago
महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

महिला गोल्डकप : गाईघाटलाई हराउँदै स्वर्णिम सेमिफाइनलमा

सुनसरी । गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोलअन्तरले पराजित गर्दै आयोजक स्वर्णिम फुटबल क्लब प्रथम धरान अन्तर्राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबारदेखि धरान...

#स्वर्णिम #फुटबल #क्लब
Compare →
Ekantipur
9h ago
गाईघाटलाई ५–० ले हराउँदै स्वर्णिम सेमिफाइनलमा

गाईघाटलाई ५–० ले हराउँदै स्वर्णिम सेमिफाइनलमा

धरान रंगशालामा आइतबार भएको क्वाटरफाइनल खेलमा स्वर्णिमले गाईघाट फुटबल क्लब उदयपुरलाई ५–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

#स्वर्णिम #फुटबल #सेमिफाइनल
Compare →
Onlinekhabar
5d ago
स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

स्वर्णिम वाग्ले टाइमको प्रभावशाली १०० सूचीमा, रास्वपाले भन्यो : नेपालको गौरव

२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका उपसभापतिसमेत रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्ले अमेरिकी पत्रिका टाइमको १०० प्रभावशाली सूचीमा समेटिएकोमा बधाई दिएको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले विज्ञप्ति जारी गर्दै उनलाई बधाई दिँदै जलवायु …

#स्वर्णिम
Compare →

Related Stories

Sports
Build #2612