Trending
Prev Story
Next Story

झापा महिला गोल्डकपमा तीन देशका आठ टोली भिड्ने

Ekantipur •
November 15, 2026 • 07:32 AM
4
4 reads 0 reactions

मंसिर ५ देखि १२ गतेसम्म दुधे रंगशालामा हुने प्रतियोगितामा नेपालका ६, भारत र भुटानको एक/एक टोली सहभागी हुनेछ।

झापा महिला गोल्डकपमा तीन देशका आठ टोली भिड्ने

मंसिर ५ देखि १२ गतेसम्म दुधे रंगशालामा हुने प्रतियोगितामा नेपालका ६, भारत र भुटानको एक/एक टोली सहभागी हुनेछ।

विराटनगर — झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा  तीन देशका आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। दोस्रो संस्करणको मुख्य प्रायोजन एक्स्ट्रिम एनर्जी डिङ्क्सले गरेको छ।

आयोजकले प्रतियोगितामा सहभागी हुने टोलीको टुङ्गो लगाएको छ। प्रतियोगिता मंसिर ५ देखि १२ गतेसम्म झापाको शिवसताक्षी–११ स्थित दुधे रंगशालामा सञ्चालन हुनेछ।

आयोजक झापा महिला गोल्डकपका अध्यक्ष सन्तोष थोप्रा लिम्बुका अनुसार प्रतियोगितामा नेपाल, भारत र भुटानका टोली सहभागी हुनेछन्।

प्रतियोगितामा नेपालका तीन विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै, झापा–११ फुटबल क्लब, पोखराको आरएस पोखरा फुटबल क्लब र सर्लाहीको बागमती युथ क्लब सहभागी हुनेछन्। भारतको नयाँदिल्लीस्थित एभी फुटबल क्लब र भुटानको थिम्पु राभेन महिला फुटबल क्लबले पनि प्रतियोगितामा भाग लिने छ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ। मंसिर १२ गते हुने फाइनलसँगै प्रतियोगिता सम्पन्न हुनेछ। गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ९० हजार र उपविजेताको ५० हजार रुपैयाँले बढाइएको आयोजकले जनाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ।

पहिलो संस्करणको उपाधि नेपाल पुलिस क्लबले जितेको थियो। यसपटक भारत र भुटानका टोलीसमेत सहभागी हुने भएपछि प्रतियोगिता थप प्रतिस्पर्धात्मक हुने आयोजकको अपेक्षा छ।

प्रतियोगितामार्फत सामाजिक उत्तरदायित्वलाई समेत जोडिएको अध्यक्ष लिम्बुले बताए। उनका अनुसार बिक्री हुने प्रत्येक टिकटबाट १० रुपैयाँ आदिवासी दृष्टिविहीन तथा अटिजम भएका बालबालिकाको सहयोगमा खर्च गरिनेछ। खेल हेर्न साधारण टिकटको मूल्य एक सयदेखि पाँच सय रुपैयाँसम्म र भीआईपी टिकटको मूल्य एक हजार रुपैयाँ तोकिएको छ।

दर्शकको सुविधालाई ध्यानमा राख्दै मैदानको पूर्वतर्फ अस्थायी प्यारापिट निर्माण गरिएको छ। ग्याल्भनाइज्ड स्टिलका पाइप, क्ल्याम्प र कप्लर प्रयोग गरेर बनाइएको प्यारापिटमा प्रत्येक खेलमा करिब सात हजार दर्शक अटाउने क्षमता रहेको आयोजकले जनाएको छ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने

सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा आठ टोली सहभागी हुने

मंसिर २३ देखि २९ गतेसम्म हुने छैटौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेलामा सहभागी हुने टीम र विजेताले प्राप्त गर्ने पुरस्कार रकमको टुङ्गो लागेको छ।

#सहभागी #गोल्डकप
Compare →
Hamro Patro News
10h ago
झापामा जंगली हात्तीको आवतजावत बढेपछि किसानलाई धानबाली तत्काल भित्र्याउन प्रशासनको आग्रह

झापामा जंगली हात्तीको आवतजावत बढेपछि किसानलाई धानबाली तत्काल भित्र्याउन प्रशासनको आग्रह

झापा । झापाको बाहुनडाँगी क्षेत्रमा जंगली हात्तीको आवतजावत बढेपछि जिल्ला प्रशासन कार्यालयले किसानलाई पाकेको धानबाली समयमै भित्र्याउन आग्रह गरेको छ। भारतबाट नेपाल प्रवेश गर्ने जंगली हात्तीका कारण बा...

#झापा
Compare →

Related Stories

Sports
Build #2612