Trending
Prev Story
Next Story

पुलमा स्कुटर ठोक्किँदा दुई भारतीय किशोरको मृत्यु, दुई घाइते

Ekantipur •
November 16, 2026 • 03:32 PM
3
3 reads 0 reactions

रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित पुलमा चार जना सवार स्कुटर अनियन्त्रित भई ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

पुलमा स्कुटर ठोक्किँदा दुई भारतीय किशोरको मृत्यु, दुई घाइते

रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित पुलमा चार जना सवार स्कुटर अनियन्त्रित भई ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रौतहट — रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित पुलमा सोमबार स्कुटर ठोक्किएर दुर्घटना हुँदा २ किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । उक्त स्कुटरमा चार जना सवार थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४२ प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा यमुनामाई गाउँपालिका–५ झुनखुनवाका १५ वर्षीय आकाश पासवान, भारत सीतामढी जिल्ला भकुरहरका १७ वर्षीय सुनिल पासवान, जमुवागाउँका १६ वर्षीय प्रिन्स पासवान र १८ वर्षीय अनिकेत पासवान घाइते भएका थिए ।

प्रहरी चौकी बडहर्वाबाट प्रहरीको टोली घटनास्थल पुगी घाइते अवस्थाका चारै जनालाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । उपचारका क्रममा चिकित्सकले प्रिन्स र अनिकेतलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ । मृतक दुवै किशोरको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखेको छ ।

दुर्घटनामा घाइते आकाशको दुवै हात र बायाँ खुट्टामा चोट लागेको छ । उनको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ । टाउकोमा चोट लागेका अर्का घाईते सुनिलको गौरमा उपचारपछि थप उपचारका लागि वीरगंज लगिएको छ ।

स्कुटरमा सवार सुनिल पसवान, प्रिन्स पसवान र अनिकेत पसवान भारतीय नागरिक हुन् । घटनास्थलमा उद्धार गर्न पुगेका बडहर्वा चौकीका प्रहरी सहायक निरीक्षक सियाराम साहले स्कुटरमा चारजना सबार रहेको जानकारी दिए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3h ago
रौतहटको राजदेवीमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु, दुई घाइते

रौतहटको राजदेवीमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु, दुई घाइते

रौतहटको राजदेवीमा स्कुटर पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु, दुई घाइते १९ मिनेट अघि काठमाडौं : रौतहटको राजदेवीमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा दुई किशोरको मृत्यु भएको छ भने अन्य दुई जना घ...

#स्कुटर #पुल #रौतहट
Compare →
Bizshala
1d ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #मृत्यु #घाइते
Compare →
Nagarik News
2h ago
दश वर्षदेखि अलपत्र कालीगण्डकी पुल : ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन स्थानीयको माग

दश वर्षदेखि अलपत्र कालीगण्डकी पुल : ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन स्थानीयको माग

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदीकाली गाउँपालिका–३, रकुवा र तनहुँको घिरिङ गाउँपालिका–१, जगौली जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल निर्माण कार्य एक दशकदेखि अलपत्र परेको छ। निर्माण सुरु भएको १० वर्ष बितिसक्दा पनि पुलले पूर्णता नपाएपछि स्थानीयवासी आक्रोशित बनेका छन्।

#पुल
Compare →
Onlinekhabar
5h ago
रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

रारा जिप दुर्घटना अपडेट : थप एकको मृत्यु, मृतकको संख्या ४ पुग्यो

३० कात्तिक, मुगु । रारा जिप दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी ललितपुर महानगरपालिका–१५ मा बस्ने ५४ वर्षीया अञ्जु थापाको आज काठमाडौंस्थित बिएण्डबी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । रारा …

#दुर्घटना #मृत्यु
Compare →
Arthasansar
9h ago
बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना, तीन जनाको मृत्यु, एक बेपत्ता

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । बुंगल नगरपालिका–१० को टुमेडामा बिहान...

#दुर्घटना #मृत्यु
Compare →

Related Stories

World News
Build #2612