Trending
Prev Story
Next Story

क्रिमिया पुलमा युक्रेनका १,३३६ ड्रोन प्रहार

Onlinekhabar •
November 16, 2026 • 11:01 AM
3
3 reads 0 reactions

३० कात्तिक, मस्को । युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिनमा एक हजार ३३६ ड्रोन प्रहार गरेको छ । आक्रमणबाट पुलमा ठूलो क्षति नभएको देखिए पनि रुसी अधिकारीहरूले यातायात आवागमनमा प्रतिबन्ध लगाएका …

क्रिमिया पुलमा युक्रेनका १,३३६ ड्रोन प्रहार

३० कात्तिक, मस्को । युक्रेनले रुसको नियन्त्रणमा रहेको क्रिमिया पुललाई लक्षित गरी एकै दिनमा एक हजार ३३६ ड्रोन प्रहार गरेको छ । आक्रमणबाट पुलमा ठूलो क्षति नभएको देखिए पनि रुसी अधिकारीहरूले यातायात आवागमनमा प्रतिबन्ध लगाएका छन् ।

रुसको रक्षा मन्त्रालयका अनुसार यो वर्ष एकै दिनमा प्रक्षेपण गरिएका ड्रोनमध्ये उक्त सङ्ख्या दोस्रो ठूलो हो । क्रिमियाका रुसी नियुक्त गभर्नर सेर्गेई अक्सियोनोभले आक्रमणमा मानवीय क्षति भएको जानकारी दिएका छैनन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीतर्फ आएका करिब ६०० ड्रोन रोकिएको बताएका छन् ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता क्रिमिया पुल युक्रेनको प्रमुख निशानामा पर्दै आएको छ । यसअघि सन् २०२२ को अक्टोबरमा विस्फोटक पदार्थ बोकेको ट्रक पुलमा विस्फोट हुँदा महिनौँसम्म आवागमन प्रभावित भएको थियो ।

युक्रेनले आफ्ना प्रत्याक्रमणलाई रुसी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणको जवाफ भन्दै आएको छ । रुसले युक्रेनी सहर र ऊर्जा पूर्वाधारमा गरेको आक्रमणबाट सयौँ सर्वसाधारण मारिएको तथा लाखौँ मानिस विद्युत् र ताप सुविधाबाट वञ्चित भएको किएभको दाबी छ ।

यसैबीच, युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहे पनि ठोस प्रगति हुन सकेको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा विदेशी सेना तैनाथ गरिए त्यसलाई युद्धको निरन्तरताका रूपमा लिने चेतावनी दिएका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले भने अमेरिकाले नेटो सदस्यता दिने प्रस्तावसँगै केही भूभाग छाड्न सुझाव दिएको बताएका छन् ।

चीनले नोभेम्बर १९ मा शेन्जेनमा राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनसँग वार्ता गर्ने पुष्टि गरेको छ । बेइजिङले उक्त भेटमा विश्व शान्तिबारे छलफल हुने जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार त्रिपक्षीय वार्तामा युक्रेन युद्ध मुख्य विषय बन्ने अपेक्षा गरिएको छैन ।

जेलेन्स्कीले भने उक्त बैठकले सन् १९४५ को याल्टा सम्मेलनमा जस्तै ठूला शक्तिहरूले साना देशको भविष्य उनीहरूको सहभागिताबिना निर्धारण गर्ने जोखिम रहेको चिन्ता व्यक्त गरेका छन् । (रासस/एएफपी)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

काठमाडौं– जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही ...

#ड्रोन #रुस #युक्रेन
Compare →
Arthasansar
2d ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#युक्रेन #रुस
Compare →
Bizshala
3d ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युक्रेन #रुस
Compare →
Ekantipur
3d ago
दोधारा चाँदनीको पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनीको पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने पुलमा क्षति पुगेपछि सो क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक आउने क्रम घट्दै गएको छ ।

#पुल
Compare →
Nagarik News
3d ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन्।

#पुल
Compare →

Related Stories

World News
Build #2612