Trending
Prev Story
Next Story

नेटो सदस्यता पाउन डोनबास छाड्नुपर्ने अमेरिकी प्रस्तावले जेलेन्स्की आश्चर्यचकित

Hamro Patro News •
November 16, 2026 • 12:03 AM
4
4 reads 0 reactions

​काठमाडौँ। रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासबीच अमेरिकाले युक्रेनलाई नेटो (उत्तर एटलान्टिक सन्धि संगठन) को सदस्यता दिने बदलामा डोनबास क्षेत्र रुसलाई छाड्ने प्रस्ताव अघि सारेको...

1 / 2
Swipe Photos

​काठमाडौँ। रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको कूटनीतिक प्रयासबीच अमेरिकाले युक्रेनलाई नेटो (उत्तर एटलान्टिक सन्धि संगठन) को सदस्यता दिने बदलामा डोनबास क्षेत्र रुसलाई छाड्ने प्रस्ताव अघि सारेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन्। शनिबार सार्वजनिक वक्तव्यमार्फत जेलेन्स्कीले अमेरिकी पक्षले पहिलोपटक यस्तो विकल्पबारे कुरा उठाएको जानकारी दिएका हुन्।

​उनका अनुसार अमेरिकी प्रतिनिधिहरूले युक्रेन नेटोमा सहभागी हुने अवस्था बनेमा डोनबास क्षेत्रबाट पछि हट्न तयार हुन्छ कि हुँदैन भनेर सोधेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत जेरेड कुसनर र स्टिभ विटकफले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र जेलेन्स्कीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुका साथै त्यसअघि अबुधाबीमा रुस र युक्रेनका प्रतिनिधिमण्डलबीच दुई दिनसम्म छलफल भएको थियो। यद्यपि, उक्त वार्ताबाट कुनै ठोस सहमति भने निस्कन सकेको थिएन।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
18h ago
अमेरिकाले नेटो सदस्यताको बदलामा डोनबास छाड्ने प्रस्ताव 
गर्‍यो : जेलेन्स्की

अमेरिकाले नेटो सदस्यताको बदलामा डोनबास छाड्ने प्रस्ताव गर्‍यो : जेलेन्स्की

जेलेन्स्कीका अनुसार अमेरिकी पक्षले युक्रेन नेटोमा सामेल भए डोनबासबाट पछि हट्न तयार हुन्छ कि हुँदैन भन्ने प्रश्न उठाएको थियो।

#युक्रेन #नेटो #डोनबास
Compare →
Onlinekhabar
5d ago
रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुस-युक्रेन युद्ध : ट्रम्पका दूतको अगुवाइमा हुँदैछ अबुधाबीमा त्रिपक्षीय वार्ता

रुसले युक्रेनमाथि आक्रमण गरेको पाँच वर्ष पुग्नलाग्दा युद्ध अन्त्य गर्न रुस, युक्रेन र अमेरिकी अधिकारीबीच यूएईको राजधानी अबुधाबीमा उच्चस्तरीय त्रिपक्षीय वार्ता आयोजना हुँदैछ । यसैवर्षको फेब्रुअरीपछि यी तीन देशबीच हुन लागेको यो पहिलो प्रत्यक्ष कूटनीतिक वार्ता …

#युक्रेन #अमेरिकी #रुस
Compare →
Arthasansar
1d ago
रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा कार बम विस्फोट, युक्रेनका पूर्वप्रधानमन्त्रीका सल्लाहकार घाइते

रुसको राजधानी मस्कोमा भएको कार बम विस्फोटमा युक्रेनका पूर्वप्रधानमन्त्री माइकोला अजारोभका सल्लाहकार सर्गेई जाभोरोत्नी घाइते भएका छन्। रुसको अनुसन्धान समितिका...

#युक्रेन #रुस
Compare →
Bizshala
2d ago
रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

रुस–युक्रेन युद्ध अन्त्यको प्रयासमा नयाँ मोड: शान्ति वार्तामा युरोपको प्रवेश हुने संकेत, हजारौँ युद्धबन्दी साट्ने तयारी

काठमाण्डौ । चार वर्षभन्दा लामो समयदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासमा नयाँ विकास भएको छ।...

#युक्रेन #रुस
Compare →
Ekantipur
6d ago
चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

चीनले अन्तरिक्षमा अमेरिकी प्रभूत्वलाई चुनौती दिइरहेको अमेरिकी गुप्तचर निकायको निष्कर्ष

सन् २०२६ को मध्यसम्म चीनसँग ५१० भन्दा बढी गुप्तचर, निगरानी तथा अनुगमन (आइएसआर) उपग्रह रहेका छन्, जसले पृथ्वीका जुनसुकै स्थानको तस्बिर ३० मिनेटभित्र उपलब्ध गराउन सक्छन्

#अमेरिकी
Compare →

Related Stories

World News
Build #2612