Trending
Prev Story
Next Story

एनपीएल: सुदूरपश्चिम रोयल्सले भित्र्यायाे आक्रामक स्कटिस ब्याटर

Ekantipur •
November 16, 2026 • 12:32 PM
4
4 reads 0 reactions

सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको बाँकी खेलका लागि अनुबन्ध गरेका छन् ।

एनपीएल: सुदूरपश्चिम रोयल्सले भित्र्यायाे आक्रामक स्कटिस ब्याटर

सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको बाँकी खेलका लागि अनुबन्ध गरेका छन् ।

काठमाडौँ — काठमाडौं– स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मुन्सी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको बाँकी खेलका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् ।

ओपनिङ ब्याटर मुन्सी स्कटल्यान्डका भरपर्दा सीमित ओभरका खेलाडी हुन् । उनी एकदिवसीय र ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आक्रामक ब्याटिङका लागि परिचित छन् । सन् २०१८ मा इंग्ल्यान्डविरुद्ध स्कटल्यान्डको ऐतिहासिक पहिलो एकदिवसीय जितमा ५५ रन बनाएर उनी चर्चामा आएका थिए ।

सन् २०१९ मा नेदरल्यान्ड्सविरुद्ध ५६ बलमा अविजित १२७ रन बनाउनु उनको टी-२० करिअरको उल्लेखनीय प्रदर्शन हो । त्यस खेलमा उनले काइल कोएट्जरस“ग पहिलो विकेटमा २ सय रनको साझेदारी गरेका थिए । स्कटल्यान्डले उक्त खेल २५२ रन बनाएको थियो, जुन टोलीको उच्च टी-२० अन्तर्राष्ट्रिय योगफल हो ।

सन् २०२५ मा नेदरल्यान्ड्सविरुद्ध १५० बलमा १९१ रन बनाएर मुन्सीले एसोसिएट राष्ट्रका ब्याटरमध्ये एकदिवसीयमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान बनाएका थिए । सन् २०२२ को टी-२० विश्वकपमा वेस्ट इन्डिजविरुद्ध अविजित ६६ रन बनाएका उनले २०२६ को संस्करणमा इटालीविरुद्ध ८४ रन बनाएर टोलीको जितमा योगदान दिएका थिए ।

मुन्सीले स्कटल्यान्डका लागि ७९ एकदिवसीय र ८८ टी-२० अन्तर्राष्ट्रिय खेलेका छन् । एकदिवसीयमा उनले २ हजार ७७७ रन बनाउँदा तीन शतक र १९ अर्धशतक बनाएका छन् । टी-२० अन्तर्राष्ट्रियमा उनको नाममा २ हजार ५९८ रन छ । यस क्रममा उनले तीन शतक र १४ अर्धशतक बनाएका छन् । समग्र टी-२० करिअरमा मुन्सीले १३३ खेलबाट ३ हजार ६९८ रन बनाइसकेका छन् ।

सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले मुन्सीको अनुभव र आक्रामक ब्याटिङ क्षमताले टोलीलाई बलियो बनाउने बताए । उनको आगमनले सुदूरको ब्याटिङलाई थप मजबुत बनाउने खड्काले बताए ।

सुदूरले आफ्नो टोलीका प्रभावशाली खेलाडी ब्रान्डन म्याकमुलेन फर्किएपछि उनको स्थानमा मुन्सीलाई आबद्ध गरेको हो । गत संस्करणमा मुन्सीले विराटगर किंग्सबाट एनपीएल खेलेका थिए ।

सुदूरपश्चिमले मंगलबार लुम्बिनी लायन्सविरुद्ध क्वालिफायर वानमा प्रतिस्पर्धा गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2h ago
जर्ज मन्सेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने

जर्ज मन्सेले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्ने

३० कात्तिक, काठमाडौं । स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्। मन्सेले यसअघि दोस्रो संस्करण विराटनगर किङ्सबाट खेलेका थिए। सुदूरले उनलाई बाँकी खेलका लागि अनुबन्ध गरेको …

#एनपीएल #प्रिमियर-लिग #स्कटल्यान्ड
Compare →
Hamro Patro News
1h ago
क्वालिफायर खेलअघि सुदूरपश्चिम रोयल्सले भित्र्यायो स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्से

क्वालिफायर खेलअघि सुदूरपश्चिम रोयल्सले भित्र्यायो स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्से

क्वालिफायर खेलअघि सुदूरपश्चिम रोयल्सले भित्र्यायो स्कटल्यान्डका आक्रामक ब्याटर जर्ज मन्से ६ मिनेट अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को जारी तेस्रो संस्करणमा लुम्बिनी लायन्सविरुद्धको क्वाल...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
21h ago
एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

एनपीएलको प्लेअफ समीकरण: क्वालिफायर १ मा लुम्बिनी र सुदूरपश्चिम, काठमाडौंको प्रतिद्वन्द्वी चितवन

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणका सबै २८ खेल समाप्त भएसँगै प्लेअफ समीकरण र खेल तालिका तय भएको छ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Arthasansar
20h ago
अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

अन्तिम खेलमा पोखरासँग पराजित भएपछि काठमाण्डू इलिमिनेटरमा

कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङ अनी दिनेश खरेलको शानदार बलिङमा पोखरा नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Bizshala
1d ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612