Trending
Prev Story
Next Story

एकै ओभरमा करण केसीको दोहोरो झट्का, शतकनजिक पुगेका दुवै ब्याटर आउट

Nagarik News •
November 15, 2026 • 12:52 PM
4
4 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौंविरुद्धको खेलमा पोखरा एभेन्जर्सले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर २०९ रन बनाएको छ।

एकै ओभरमा करण केसीको दोहोरो झट्का,  शतकनजिक पुगेका दुवै ब्याटर आउट

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौंविरुद्धको खेलमा पोखरा एभेन्जर्सले १९ ओभरको समाप्तिमा ३ विकेट गुमाएर २०९ रन बनाएको छ।

१९औं ओभरमा बलिङ गरेका काठमाडौंका करण केसीले शतकनजिक पुगेका पोखराका दुवै सेट ब्याटर कुशल भुर्तेल र युवराज सम्रालाई आउट गर्दै दोहोरो झट्का दिएका हुन्।

पोखराले १८.२ ओभरमा २०३ रन हुँदा कुशल भुर्तेललाई ९९ रनमा गुमाएको थियो भने सोही ओभरको पाँचौँ बलमा २०८ रन हुँदा युवराज सम्रा पनि आउट भए। सम्राले ५५ बलमा ८ चौका र ५ छक्काको मद्दतले ८९ रन जोडे र करण केसीकै बलमा सार्कीबाट क्याचआउट भए।

यसअघि १ रनले शतकबाट चुकेका भुर्तेलले ५१ बलमा ८ चौका र ८ छक्कासहित १९४.११ को स्ट्राइक रेटमा ९९ रन बनाएका थिए। उनी करण केसीको बलमा विकेटकिपर पटेलबाट समातिएका थिए। सम्रा र भुर्तेलबीच दोस्रो विकेटका लागि १६ ओभरमा १८६ रनको विशाल साझेदारी भएको थियो।

प्रकाशित: २९ कार्तिक २०८३ १८:३७ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
22h ago
अन्तिम १० ओभरमा खराब बलिङले हार्‍यौं– विराटनगरका चरिथ असलन्का

अन्तिम १० ओभरमा खराब बलिङले हार्‍यौं– विराटनगरका चरिथ असलन्का

काठमाडौँ। नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा प्लेअफ पुग्न असफल भएपछि विराटनगर किङ्सका चरिथ असलन्काले अन्तिम १० ओभरमा खराब बलिङ गर्दा लुम्बिनी लायन्ससँग पराजित हुन पुगेको बताए । खेलपछि पत्रकार सम्म...

#एनपीएल #प्रिमियर-लिग #ओभर
Compare →
Onlinekhabar
30m ago
काठमान्डुविरुद्ध पोखराले बनाएका पाँच नयाँ रेकर्ड

काठमान्डुविरुद्ध पोखराले बनाएका पाँच नयाँ रेकर्ड

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजविरुद्ध पहिलो इनिङ्समै चार नयाँ कीर्तिमान बनाएको छ । ओपनर युवराज सिंह सम्रा र मार्की प्लेअर कुशल भुर्तेलले आक्रमक ब्याटिङ गर्दै काठमान्डुविरुद्ध २२४ रनको स्कोर …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Ekantipur
59m ago
काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

पोखरा एजेन्सर्जले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजसामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Bizshala
2h ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग #दुवै
Compare →
Arthasansar
3h ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612