Trending
Prev Story
Next Story

काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

Ekantipur •
November 15, 2026 • 01:32 PM
3
3 reads 0 reactions

पोखरा एजेन्सर्जले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजसामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

पोखरा एजेन्सर्जले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजसामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

काठमाडौँ — काठमाडौं– पोखरा एजेन्सर्जले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजसामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङका लागि ओर्लेको पोखराले २० ओभरमा ३ विकेट मात्र गुमाएर २ सय २४ रन बनाएको छ । प्रतियोगिताको इतिहासमै यो कुनै पनि टिमले खडा गरेको सबैभन्दा ठूलो स्कोर हो ।

यसअघि दोस्रो सिजन विराटनगर किंग्सले पोखराविरुद्ध नै ६ विकेटमा २ सय २० रन बनाएको थियो । यसपल्ट कुशल भुर्तेल शतक बनाउनबाट एक रनले मात्र चुके ।

उनी ९९ रनमा करण केसीकाे बलमा विकेट पछाडि समातिए । कुशलले ५१ बलमा आठ चौका र आठ छक्का प्रहार गरे । प्रतियोगितामा नेपाली ब्याटरको यो सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो । उनी पहिलो शतक बनाउने नेपाली खेलाडी हुनबाट चुके ।

यसअघि लुम्बिनी लायन्सका रोहित पौडेलले पहिलो सिजन ९५ रन बनाएका थिए । कुशलले ओपनर युवराज सामरासँग मिलेर दोस्रो विकेटका लागि १ सय ८६ रनको साझेदारी गरे । युवराज पनि ८९ रन बनाएर आउट भए । उनले भने ५५ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे । धनन्जय लक्षण २ र चामिका करुणारत्ने १९ रन अविजित रहे । काठमान्डुबाट करणले दुई र जहान्दाद खानले १ विकेट लिएका थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1h ago
भुर्तेल र सम्राको आक्रमक ब्याटिङमा पोखराले बनायो एनपीएलकै कीर्तिमानी स्कोर

भुर्तेल र सम्राको आक्रमक ब्याटिङमा पोखराले बनायो एनपीएलकै कीर्तिमानी स्कोर

काठमाडौं । कुशल भुर्तेल र युवराज सिंह सम्राको आक्रमक ब्याटिङमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध कीर्तिमानी २२५ रन बनाएको छ । कीर्तिपुरस्थित टीयु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित …

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Nagarik News
1h ago
काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य

काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्धको २२५ रनको विशाल तथा कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Hamro Patro News
2h ago
काठमाण्डूविरुद्ध पोखराको विस्फोटक सुरुआत

काठमाण्डूविरुद्ध पोखराको विस्फोटक सुरुआत

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खार्जविरुद्ध विस्फोटक सुरुआत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले सुरुआती ६ ओभरम...

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Bizshala
2h ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →
Arthasansar
3h ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612