Trending
Prev Story
Next Story

काठमान्डुविरुद्ध पोखराले बनाएका पाँच नयाँ रेकर्ड

Onlinekhabar •
November 15, 2026 • 02:01 PM
3
3 reads 0 reactions 4 comments

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजविरुद्ध पहिलो इनिङ्समै चार नयाँ कीर्तिमान बनाएको छ । ओपनर युवराज सिंह सम्रा र मार्की प्लेअर कुशल भुर्तेलले आक्रमक ब्याटिङ गर्दै काठमान्डुविरुद्ध २२४ रनको स्कोर …

काठमान्डुविरुद्ध पोखराले बनाएका पाँच नयाँ रेकर्ड

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार पोखरा एभेन्जर्सले काठमान्डु गोर्खाजविरुद्ध पहिलो इनिङ्समै चार नयाँ कीर्तिमान बनाएको छ ।

ओपनर युवराज सिंह सम्रा र मार्की प्लेअर कुशल भुर्तेलले आक्रमक ब्याटिङ गर्दै काठमान्डुविरुद्ध २२४ रनको स्कोर बनाउँदा पोखरा कीर्तिमानको पनि वर्षा गरेको हो ।

पोखराका कुशल भुर्तेल एनपीएलमा शतक बनाउनबाट निकै नजिक पुगेर चुक्दा ९९ रनमा आउट भए । यस्तै सम्राले ८९ रन बनाए ।

पोखराले ठूलो स्कोर बनाउँदा एनपीएलमा नयाँ कीर्तिमानहरू कायम भएका छन् ।

पोखराले काठमान्डुविरुद्ध बनाएको २२४ रन एनपीएल इतिहासकै सबैभन्दा ठूलो योगफल हो । यसअघि दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध नै २२० रन बनाएको थियो ।

एक वर्षपछि पोखराले राजधानीको टिम विरुद्ध २२४ रन बनाउँदै त्यो कीर्तिमान तोडेको हो ।

पोखराका युवराज सिंह सम्रा र कुशल भुर्तेलले काठमान्डु विरुद्ध एनपीएलको कीर्तिमानी साझेदारी पनि गरे । पोरखाको स्कोर १७ रन हादा अर्जुन कुमाल आउट भए ।

त्यसपछि क्रिजमा आएका भुर्तेल र ओपनर युवराज सम्राले आक्रमक ब्याटिङ गरे । यो जोडीले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गरे ।

यसअघि पनि एनपीएलमा उच्च साझेदारी पोखराकै खेलाडीको नाममा थियो ।

पोखराका आन्द्रे गौस र दिनेश खरेलले लुम्बिनी लायन्सविरुद्ध पहिलो संस्करणमा १७६ रनको साझेदारी गरेका थिए । त्यसेबला खरेल र गौसले पहिलो विकेटका लागि त्यो साझेदारी गरेका थिए ।

एनपीएलमा तीन ठूला साझेदारी पनि पोखराकै नाममा छ । यसै सिजन सम्रा र भुर्तेलले कर्णाली याक्स विरुद्ध दोस्रो विकेटका लागि १३६ रनको साझेदारी गरेका थिए ।

३. एनपीएलमा तीन पटक २०० रन प्रहार गर्ने पहिलो टिम

एनपीएलमा पछिल्ला केही दिन टीयू मैदानको पिचमा रन बन्न कठिन भइरहेको थियो । तर सम्रा र भुर्तेलले काठमान्डु विरुद्ध गरेको ब्याटिङ हेर्दा निकै सजिलो देखियो । यो जोडीकै आक्रमक ब्याटिङमा पोखराले कीर्तिमानी स्कोर खडा गर्‍यो ।

पोखरा एनपीएलमा २०० रनको स्कोर धेरै बनाउने टिममा पर्छ । एनपीएलमा तीन पटक २०० वा त्यो भन्दा माथिको स्कोर बनाउने पनि पोखरा नै पहिलो टिम बन्यो ।

पोखराले दोस्रो संस्करणमा कर्णालीविरुद्ध २०१/२ रन बनाएको थियो । यस्तै तेस्रो संस्करणमा पनि कर्णाली विरुद्ध २१७/३ रन बनाएको पोखराले आज काठमान्डुविरुद्ध २२४/३ रन बनाएको हो ।

४.एनपीएलमा नेपाली खेलाडीको उच्च स्कोर

काठमान्डुविरुद्ध पोखराले ठूलो स्कोरको कीर्तिमान बनाउँदा कुशल भुर्तेलले पनि व्यक्तिगत उच्च स्कोर बनाउने कीर्तिमान बनाए ।

हुन त कुशल एनपीएलमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बन्न निकै नजिक पुगेका थिए । तर ९९ रनमै आउट भए । उनले बनाएको उक्त स्कोर एनपीएलमा कुनै पनि नेपाली खेलाडीले बनाएको ठूलो स्कोर हो ।

यसअघि लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले पोखरा विरुद्ध नै ९५ रन बनाएका थिए । उनले ५९ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरेका थिए ।

पोखराले काठमान्डुविरुद्ध बाउन्ड्रीबाट सर्वाधिक रन जोड्ने कीर्तिमान पनि बनायो । पोखराले काठमान्डुविरुद्ध कुल १५ छक्का र १८ चौका प्रहार गरेका थिए । छक्काबाट ९० रन जोडेको पोखराले चौका बाट ७२ रन जोड्दै बाउन्ड्रीबाट कूल १६२ रन जोडेको हो ।

यसअघि यसै सिजन कर्णालीविरुद्ध २१७ रन बनाउँदा पोखराले बाउन्ड्रीबाट १४८ रन जोडेको थियो । त्यस खेलमा पोखराले १६ छक्काबाट ९६ र १३ चौका ५२ रन जोडेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
59m ago
काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

काठमान्डुविरुद्ध पोखराको कीर्तिमानी स्कोर

पोखरा एजेन्सर्जले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजसामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Nagarik News
1h ago
काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य

काठमाडौंलाई पोखराले दियो २२५ रनको कीर्तिमानी लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजविरुद्धको २२५ रनको विशाल तथा कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Hamro Patro News
2h ago
काठमाण्डूविरुद्ध पोखराको विस्फोटक सुरुआत

काठमाण्डूविरुद्ध पोखराको विस्फोटक सुरुआत

काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाण्डू गोर्खार्जविरुद्ध विस्फोटक सुरुआत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पोखराले सुरुआती ६ ओभरम...

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Arthasansar
5h ago
कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य, हुसेन तलतको अर्धशतक

कर्णालीले चितवनलाई दियो १५४ रनको लक्ष्य, हुसेन तलतको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित...

#एनपीएल #प्रिमियर-लिग #बनाए
Compare →
Bizshala
2h ago
हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

हुसेन तलतको ब्याट र बल दुवैमा कमाल, चितवनलाई २४ रनले हराउँदै कर्णालीको विजयी बिदाइ

काठमाण्डौ । पाकिस्तानका अलराउन्डर हुसेन तलतको उत्कृष्ट प्रदर्शनमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612