काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)को जारी तेस्रो संस्करणमा लुम्बिनी लायन्सविरुद्धको क्वालिफायर खेलअघि सुदूरपश्चिम रोयल्सले स्कटल्यान्डका आक्रामक ओपनिङ ब्याटर जर्ज मन्सेलाई टोलीमा भित्र्याएको छ।
मंगलबार हुने क्वालिफायर र प्रतियोगिताका बाँकी खेलका लागि ब्याटिङलाई सुदृढ बनाउने योजनासहित रोयल्सले मन्सेलाई अनुबन्ध गरेको हो। एकदिवसीय र टी-२० अन्तर्राष्ट्रियमा आक्रामक ब्याटिङका लागि पहिचान बनाएका मन्से अनुबन्ध भएपछि टोलीको शीर्ष क्रमको ब्याटिङ थप बलियो हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( ukeraa.com )