काठमाडौं । बागमती प्रदेशका पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय संयोजक समिति सदस्य गंगानारायण श्रेष्ठ काठमाडौँका डेरावाल नेता हुन् । बागमती प्रदेश सभा सदस्य समेत रहेका उनले आफूले डेरामा बस्दा घरबेटीको नराम्रो व्यवहार सहनु परेको गुनासो गरेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित भाइरल प्लानिङमा रहेको फ्ल्याटमा उनी परिवारसहित भाडामा बस्दै आएका थिए । तर, घरमा बस्न थालेको दुई महिनाभित्रै घरधनीसँग विवाद सुरु भएपछि उनी अग्रिम भाडा बुझाइसकेको अवस्थामा समेत डेरा सर्न बाध्य भएको उनले सोमबार रातोपाटीलाई बताए ।
Read full story at source ( ratopati.com )