चितवन । कुनै समय विश्वका धनाढ्य पर्यटक, राजपरिवारका सदस्य, राष्ट्रप्रमुख तथा हलिउड कलाकारहरूको आकर्षक गन्तव्य बनेको चितवनको ऐतिहासिक ‘टाइगर टप्स जङ्गल लज’ अहिले सुनसान र जीर्ण अवस्थामा पुगेको छ। एक रातको ३५० देखि ५०० अमेरिकी डलरसम्म खर्च गर्न पर्यटक तयार हुने यो लज कुनै समय वर्षौं अगाडिदेखि बुकिङ हुने विश्वप्रसिद्ध वन्यजन्तु पर्यटन गन्तव्य थियो। तर, सरकारी नीतिगत निर्णयपछि बन्द भएको यो ऐतिहासिक संरचना अहिले जङ्गलको बीचमा खण्डहर बन्दै गएको छ।
कुनै समय विश्वका शक्तिशाली व्यक्तित्वहरूको आतिथ्य गरेको यो लजको कथा नेपालको पर्यटन र वन्यजन्तु संरक्षण इतिहाससँग जोडिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )