काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको ग्वाङदोङ स्थायी ठेगाना भएका ४२ वर्षीय झाङ गुओकिङ रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत काठमाडौं आइपुगेका गुओकिङलाई शंकास्पद गतिविधिका आधारमा चेकजाँच गर्दा पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )