Trending
Prev Story
Next Story

अन्ततः एनआरएनए जापान विवादित जग्गा खरिद प्रक्रियाबाट पछि हट्यो, अब नेपाल हाउस के हुन्छ ?

Nagarik News •
November 16, 2026 • 10:55 AM
2
2 reads 0 reactions

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले प्रस्तावित नेपाल हाउस निर्माणका लागि चिबामा रहेको विवादित जग्गा खरिद प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ।

1 / 6
Swipe Photos

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले प्रस्तावित नेपाल हाउस निर्माणका लागि चिबामा रहेको विवादित जग्गा खरिद प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ।

आइतबार बसेको आईसीसीसहितको संयुक्त कार्यसमिति बैठकको निर्णय सोमबार सार्वजनिक गर्दै एनआरएनए जापानले अनुगमन समितिको सुझावका आधारमा यस्तो निर्णय भएको स्पष्ट पारेको हो।

जग्गा खरिदका लागि बुझाइएको बैना रकम फिर्ता गराउन तथा पुरानो जग्गाको बिक्री र व्यवस्थापन गर्न  एनआरएन आईसीसीका वरिष्ठ उपाध्यक्ष रोबिन शेरचनको संयोजकत्वमा समिति गठन गरिएको छ। नेपाल हाउस जग्गा ब्यबस्थापन समितिले जग्गा सम्बन्धी प्रक्रियाको ब्यबस्थापन  र जग्गाको खरिद प्रक्रिया रद्द गर्न आवस्यक कानुनी ,प्रशासनिक  पहल गर्नेछ ।  र यसअघि भुक्तानी भईसकेको रकम संस्थामा सुरक्षित रुपमा फिर्ता ल्याएर कुनै पनि आर्थिक क्षति हुन नदिनका लागि यो समिती गठन गरिएको हो।

सोमबार संस्थाले प्रेस बिज्ञप्ति जारी गर्दै भनेको छ, 'अब संस्थाले `नेपाल हाउस´ हैन टोकियोबाट नजिकै पायक पर्ने ठाउँमा  भवन खरिद गरेर संस्थाको आफ्नै कार्यालय, नेपाली संस्कार अनुसारको शुभ कार्य गर्न मिल्ने ठाउँ, सभा तथा कार्यक्रम हल, सांस्कृतिक केन्द्र बनाउने छ ।'

एनआरएनए जापानले अघि बढाएको महत्वाकांक्षी परियोजना `नेपाल हाउस´ मा करोडौं येनको आर्थिक कारोबार हुने देखिएपछि व्यापक विरोध भएको थियो ।

प्रकाशित: ३० कार्तिक २०८३ १६:४० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
2h ago
मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

मुद्रास्फीति र खराब मौसमले जापानी अर्थतन्त्र सुस्त

जापानको अर्थतन्त्र चालु वर्षको तेस्रो त्रैमासिकमा स्थिर भएको छ। इरान युद्धका कारण बढेको मुद्रास्फीति, खराब मौसम र भूकम्पको असरले जुलाईदेखि...

#जापान
Compare →
Hamro Patro News
4h ago
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो शुरू गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन् । हिउँदेबाली लगाउन खेत जोत्ने, मल तथा बीउ खरिद गर्...

#खरिद
Compare →
Onlinekhabar
1d ago
सभामुख अर्याललाई एनआरएनएको मध्यपूर्व सम्मेलनमा प्रमुख अतिथिको निमन्त्रणा

सभामुख अर्याललाई एनआरएनएको मध्यपूर्व सम्मेलनमा प्रमुख अतिथिको निमन्त्रणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेको छ । भेटमा आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ मा …

#एनआरएनए
Compare →

Related Stories

National (Nepal)
Build #2612