Trending
Prev Story
Next Story

सभामुख अर्याललाई एनआरएनएको मध्यपूर्व सम्मेलनमा प्रमुख अतिथिको निमन्त्रणा

Onlinekhabar •
November 15, 2026 • 04:01 AM
8
8 reads 0 reactions

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेको छ । भेटमा आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ मा …

सभामुख अर्याललाई एनआरएनएको मध्यपूर्व सम्मेलनमा प्रमुख अतिथिको निमन्त्रणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेको छ ।

भेटमा आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन सभामुखलाई निमन्त्रणा गरिएको छ ।

प्रतिनिधिमण्डलमा पूर्वअध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. बद्री केसी, आरके शर्मा र विनोद कुँवर, संस्थापक सदस्य रामप्रताप थापा, उपाध्यक्ष रोजिना प्रधान राई तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत सहभागी थिए ।

भेटमा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, गैरआवासीय नेपाली ऐन, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरआवासीय नेपालीको योगदान, लगानी, विप्रेषण र वैदेशिक रोजगारीमा रहेका श्रमिकका हकहितबारे छलफल भएको थियो ।

संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले संघ सबै गैरआवासीय नेपालीको साझा संस्था भएकाले यसको एकता र संस्थागत सुदृढीकरणमा राज्यको अभिभावकीय भूमिका आवश्यक रहेको बताए । पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीका सरोकारलाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष डा. बद्री केसीले नागरिकताको कार्यान्वयन र रसुवा–भोटेकोशी विपद्पछिको राहत तथा पुनर्स्थापनामा सरकारसँग सहकार्य गर्ने विषय राखे । पूर्वअध्यक्ष विनोद कुँवरले नागरिकताको प्रभावकारी कार्यान्वयन नहुँदा विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानुनी तथा व्यावहारिक समस्या उठाए ।

प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली ऐन यथाशीघ्र सदनमा प्रस्तुत गरी पारित गर्ने प्रक्रियामा सहजीकरण गर्न सभामुखसँग आग्रह गरेको थियो ।

नेपाल भित्रिने कुल विप्रेषणको ५० प्रतिशतभन्दा बढी हिस्सा मध्यपूर्वलगायत क्षेत्रबाट आउने गरेको उल्लेख गर्दै श्रमिकको हकहित, सुरक्षा र सम्मानका विषयमा नीतिगत पहल गर्न पनि आग्रह गरिएको थियो ।

विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पुँजीलाई राष्ट्रिय विकाससँग जोड्न तथा १० अर्ब रुपैयाँको लगानी परियोजनामार्फत उनीहरूको सहभागिता बढाउनुपर्नेमा समेत जोड दिइएको थियो ।

सभामुख अर्यालले एनआरएनए सबै नेपालीको साझा संस्था भएकाले एकताबद्ध र बलियो बनाउनुपर्ने बताए । संस्थाभित्र अनावश्यक राजनीतिक गतिविधि हुन नहुने उल्लेख गर्दै उनले स्थापनाकालीन उद्देश्य र अहिलेको व्यावहारिक अवस्थाबीच देखिएको अन्तरप्रति दुःख व्यक्त गरे ।

गैरआवासीय नेपालीका सरोकारलाई संविधानको भावनाअनुसार महत्त्व दिने बताउँदै उनले सम्मेलनमा सहभागिताबारे कार्यव्यस्तता हेरेर निर्णय गर्ने जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

सभामुख अर्यालद्वारा सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण

सभामुख डोलप्रसाद (डिपी) अर्याल वीरगञ्जस्थित सहिद स्मारकमा मधेस आन्दोलनका क्रममा आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका छन्।

#सभामुख #अर्याल
Compare →
Hamro Patro News
21h ago
कांग्रेस सभापति थापा र सभामुख अर्याल छठ पुजामा सहभागी

कांग्रेस सभापति थापा र सभामुख अर्याल छठ पुजामा सहभागी

सभामुख डोलप्रसाद अर्याल र कांग्रेस सभापति गगनकुमार थापा आइतबार छठ पुजामा सहभागी हुन बारा र पर्सामा आइपुगेका छ्न। वीरगन्जको छ्ठ पुजामा सहभागी हुन हवाईमार्गबाट सभामुख अर्याल सिमरा आएका हुन्। सिमरा आ...

#सभामुख #अर्याल
Compare →
Ekantipur
23h ago
म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

म निश्चित अवधिका लागि सभामुख भएको हुँ : अर्याल

सभामुख डीपी अर्यालले भ्रष्टाचारमुक्त, सुशासित र सुरक्षित समाज निर्माण गर्दै नागरिकले दुःख पर्दा राज्य र सरकार आफ्नो साथमा रहेको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।

#सभामुख #अर्याल
Compare →
Arthasansar
4d ago
इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’ बताएका छन्। अल...

#सभामुख
Compare →

Related Stories

National (Nepal)
Build #2612