Trending
Prev Story
Next Story

साथीले पेट्रोल छर्केर आगो लगाएका रूपलालको उपचारका क्रममा मृ*त्यु

Onlinekhabar •
November 15, 2026 • 04:01 AM
3
3 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार बाँकेको नेपालगञ्जस्थित भेरी …

साथीले पेट्रोल छर्केर आगो लगाएका रूपलालको उपचारका क्रममा मृ*त्यु

२९ कात्तिक, काठमाडौं । दाङमा आफ्नै साथीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका ४९ वर्षीय रूपलाल चौधरीको उपचारको क्रममा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी डा. हेमबहादुर केसीका अनुसार बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा उनको आज बिहान ६ बजे मृत्यु भएको हो ।

राजपुर गाउँपालिका-२ खालगैरास्थित मटेरियाका ४९ वर्षीय रूपलाल चौधरीमाथि उनकै साथी सोही ठाउँ बस्ने ३८ वर्षीय त्रिलोकसिंह कार्कीले शनिबार पेट्रोल छर्केर आगो लगाइदिएका थिए । चौधरीमाथि आगो लगाएपछि त्रिलोकसिंह भने फरार भएका थिए ।

प्रहरीका अनुसार उनीहरू दुवै जना साथी रहेछन् । सँगै बसेर मदिरा सेवन गरेका रहेछन् । मदिरा सेवनपछि एक अर्काबीच भनाभन भएको रहेछ । सो क्रममा आफ्नो बाइकमा हाल्नका लागि बोतलमा भरेर ल्याइएको पेट्रोल त्रिलोकसिंहले चौधरीमाथि खनाएर आगो लगाएपछि फरार भएका रहेछन् ।

फरार भएका त्रिलोकसिंहलाई हिजै दाङको लमही नगरपालिका-५ रातोडाँडाबाट नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
16h ago
छिमेकीलाई पेट्रोल छर्केर आगो लगाई फरार व्यक्ति पक्राउ

छिमेकीलाई पेट्रोल छर्केर आगो लगाई फरार व्यक्ति पक्राउ

रुपन्देही । दाङमा एक व्यक्तिको शरीरमा पेट्रोल छर्केर आगो लगाई फरार भएका व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राजपुर गाउँपालिका–२ का ३८ वर्षीय त्रिलोक सिंह कार्की पक्राउ प...

#आगो #पेट्रोल #छर्केर
Compare →
Nagarik News
13h ago
म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमाको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित मानिसहरू बस्दै आएको एक शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ। शनिबार प्रत्यक्षदर्शी र उद्धारकर्मीले घटनाबारे जानकारी दिएका हुन्।

#क्रम #त्यु
Compare →
Ekantipur
19h ago
बजारबाट घर फर्कने क्रममा अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

बजारबाट घर फर्कने क्रममा अछाममा भिरबाट लडेर एक जनाको मृत्यु

सालटोक्टा बजारबाट घर फर्कने क्रममा गएराति उक्त घटना भएको हो । भिरबाट खसेका अर्का एक जना घाइते छन् ।

#क्रम #त्यु
Compare →

Related Stories

Health & Wellness
Build #2612