Trending
Prev Story
Next Story

दैलेख दुर्घटना ‘अपडेट’: घाइते दुईका उपचारका क्रममा मृत्यु

Hamro Patro News •
November 09, 2026 • 12:18 PM
3
3 reads 0 reactions

गुराँस गाउँपालिका १ दैलेखस्थित काफलतोलीमा भएको जिप दुर्घटनामा परी घाईते भएका घाइते छ मध्ये दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका ७ का २२ वर्षीय चालक योगेश सिम्खडा...

1 / 2
Swipe Photos

गुराँस गाउँपालिका १ दैलेखस्थित काफलतोलीमा भएको जिप दुर्घटनामा परी घाईते भएका घाइते छ मध्ये दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालीकोट सान्नीत्रिवेणी गाउँपालिका ७ का २२ वर्षीय चालक योगेश सिम्खडा, सोही पालिका वडा नं. ६ का ४१ वर्षीय यात्रु रने सार्की रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो । घाइते दुवैको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक विक बताउनुभयो ।

कालीकोटदेखि विषादी सेवनको बिरामी बोकेर सुर्खेततर्फ आउँदै गरेको क.प्र.०२–००१ च १२१५ नम्बरको बलेरो जिप आज काफलतोलीमा दुर्घटना हुँदा सार्की र सिम्खडासहित छ जना घाइते भएका थिए । घाइते १८ वर्षीय गंग सार्की, २१ वर्षीय तपेन्द्र सिम्खडा, जादुकला सार्की र २७ वर्षीय कैसी सार्कीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
23h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#मृत्यु #दुर्घटना #गाउँपालिका
Compare →
Nagarik News
22h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते #उपचार
Compare →
Onlinekhabar
14h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#मृत्यु #दुर्घटना #गाउँपालिका
Compare →
Arthasansar
21h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#गाउँपालिका #दुर्घटना
Compare →
Bizshala
23h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Health & Wellness
Build #2612