Trending
Prev Story
Next Story

आईसीसीको अध्यक्षमा दोस्रो कार्यकालका लागि जय शाह निर्विरोध नियुक्त

Arthasansar •
November 16, 2026 • 09:35 AM
4
4 reads 0 reactions

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्ष पदमा जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा सम्पन्न...

आईसीसीको अध्यक्षमा  दोस्रो कार्यकालका लागि जय शाह निर्विरोध नियुक्त

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्ष पदमा जय शाह दोस्रो कार्यकालका लागि निर्विरोध पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा सम्पन्न आईसीसी बोर्ड बैठकमा निर्देशकहरूले राखेको प्रस्तावपछि शाहलाई सर्वसम्मत रूपमा पुनः अध्यक्ष चयन गरिएको आईसीसी बोर्डले जनाएको छ।

क्रिकेटको विश्वव्यापी विस्तार, समर्थकहरूको संख्यामा वृद्धि र व्यावसायिक विकासलाई केन्द्रमा राखिएको रणनीतिक मार्गचित्र कार्यान्वयनका लागि शाहको नेतृत्वप्रति बोर्डले पूर्ण विश्वास व्यक्त गरेको हो। विशेषगरी सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने ओलम्पिक खेलकुद (LA28) मा क्रिकेटको पुनरागमन हुन गइरहेको र हालै विस्तारित दीर्घकालीन प्रतियोगिता कार्यक्रम घोषणा गरिएको निर्णायक मोडमा उनको निरन्तरताले खेललाई थप उचाइमा पुर्‍याउने विश्वास बोर्डले लिएको छ। बोर्डले महिला क्रिकेटको विकास, एसोसिएट सदस्य राष्ट्रहरूका लागि अवसर विस्तार, अन्तर्राष्ट्रिय क्रिकेटको निष्पक्षता रक्षा र दीर्घकालीन दिगो व्यावसायिक अवसर सिर्जना गर्ने प्रतिबद्धता समेत पुनः दोहोर्‍याएको छ।

पुनः नियुक्तिपछि प्रतिक्रिया दिँदै अध्यक्ष जय शाहले बोर्ड र निर्देशकहरूले देखाएको विश्वासप्रति आभार व्यक्त गरे। उनले भने, “आईसीसीको अध्यक्षका रूपमा सेवा गर्नु गौरव र जिम्मेवारी दुवै हो। हामी विश्व क्रिकेटको इतिहासकै सबैभन्दा महत्त्वपूर्ण र रोमाञ्चक चरणमा प्रवेश गर्दैछौँ। सन् २०२८ को लस एन्जलस ओलम्पिकमा क्रिकेटको पुनरागमनले नयाँ दर्शकमाझ खेल पुर्‍याउने र नयाँ पुस्ताका खेलाडी तथा समर्थकहरूलाई प्रेरित गर्ने असाधारण अवसर प्रदान गरेको छ।” उनले सफल प्रतियोगिता आयोजनामा मात्र सीमित नभई समर्थक, खेलाडी र व्यावसायिक साझेदारहरूलाई केन्द्रमा राखेर महत्वाकांक्षालाई कार्यरूपमा बदल्दै भावी पुस्ताका लागि दिगो विरासत छोड्ने प्रतिबद्धता व्यक्त गरे।

शाहको पुनः नियुक्तिमा आईसीसीका विभिन्न पदाधिकारी तथा सदस्य राष्ट्रका प्रमुखहरूले स्वागत एवं बधाई ज्ञापन गरेका छन्। इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) का अध्यक्ष रिचर्ड थम्पसनले अन्तर्राष्ट्रिय क्रिकेट तीव्र गतिमा परिवर्तन भइरहेका बेला द्विपक्षीय शृङ्खलाको प्रतिस्पर्धात्मकता जोगाउन र परम्परा तथा नवीनताबीच सन्तुलन कायम गर्न शाहको नेतृत्व महत्त्वपूर्ण हुने बताए।

त्यसैगरी, आईसीसीकी स्वतन्त्र निर्देशक डा. रोज रिभाजले शाहको नेतृत्वमा विश्वभर महिला क्रिकेटको विकासले थप गति लिने विश्वास व्यक्त गर्दै अवसरबाट वञ्चित महिला क्रिकेटरहरूलाई सहयोग पुर्‍याउने र प्रतिस्पर्धाका नयाँ मार्गहरू सिर्जना गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।

आईसीसीका उपाध्यक्ष एवं जिम्बाब्वे क्रिकेटका अध्यक्ष ताभेङ्वा मुकुहलानीले सबै सदस्य राष्ट्रलाई एउटै साझा दृष्टिकोणमा बाँध्ने शाहको क्षमताको प्रशंसा गर्दै सन् २०२७ को आईसीसी पुरुष क्रिकेट विश्वकपले अफ्रिकी महादेशमा क्रिकेट विकासमा दीर्घकालीन प्रभाव पार्ने उल्लेख गरे। यस्तै, न्युजिल्याण्ड क्रिकेटका निर्देशक रोजर ट्वोजले सबै ढाँचा र बजारमा क्रिकेटको दिगो विकासका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताए भने आईसीसी एसोसिएट सदस्य अध्यक्ष गुरुमूर्ति पलानीले वैश्विक विस्तारसँगै एसोसिएट राष्ट्रहरूले उच्चस्तरीय प्रतियोगिता, बलियो विकास मार्ग र आवश्यक लगानीको ठोस अवसर पाउने अपेक्षा व्यक्त गरे।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3h ago
जय शाह दोस्रो कार्यकालका लागि आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित

जय शाह दोस्रो कार्यकालका लागि आईसीसी अध्यक्षमा निर्विरोध निर्वाचित

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जय शाहलाई दोस्रो कार्यकालका लागि पनि अध्यक्ष नियुक्त गरेको छ।

#आईसीसी #शाह #क्रिकेट
Compare →
Onlinekhabar
4h ago
जय शाह आईसीसी अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त

जय शाह आईसीसी अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त

३० कात्तिक, काठमाडौं । जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अध्यक्षमा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका छन्। इन्डोनेसियाको बालीमा बसेको आईसीसी बोर्ड बैठकमा निर्देशकहरूको प्रस्तावपछि शाह निर्विरोध पुनः नियुक्त भएका हुन्। आईसीसीले शाहको नेतृत्वप्रति …

#आईसीसी #शाह #क्रिकेट
Compare →
Hamro Patro News
3d ago
फ्रेन्चाइज क्रिकेटमा आईसीसीको नयाँ नियम : खेलाडी, प्रायोजनदेखि स्वीकृतिसम्म नियन्त्रणको तयारी

फ्रेन्चाइज क्रिकेटमा आईसीसीको नयाँ नियम : खेलाडी, प्रायोजनदेखि स्वीकृतिसम्म नियन्त्रणको तयारी

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टी–२० फ्रेन्चाइज लिगमाथि आफ्नो अधिकार र निगरानी बढाउने प्रस्ताव अघि सारेको छ । क्रिकेटको खेल भावना, विश्वसनीयता र अन्तर्राष्ट्रिय खेलतालिकामा फ...

#आईसीसी #क्रिकेट
Compare →
Ekantipur
4h ago
भुटानी शरणार्थी समस्या भारत भ्रमणमा उठाउन प्रधानमन्त्री शाहलाई आग्रह

भुटानी शरणार्थी समस्या भारत भ्रमणमा उठाउन प्रधानमन्त्री शाहलाई आग्रह

भुटानी अधिकारवादी संस्थाहरूले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणमा शरणार्थीको दीर्घकालीन समाधान, राजनीतिक बन्दी र मानवअधिकार उल्लंघनका विषय उठाउन माग गरेका छन्।

#शाह
Compare →

Related Stories

Sports
Build #2612