Trending
Prev Story
Next Story

कांग्रेस विधान : सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापति स्वतः कार्यवाहक

Onlinekhabar •
November 16, 2026 • 08:01 AM
3
3 reads 0 reactions

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापति स्वतः कार्यवाहक सभापति हुने व्यवस्था गरेको छ । १५औं महाधिवेशनबाट विधान संशोधन गर्दै कांग्रेसले केन्द्रीय सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापति स्वतः कार्यवाहक सभापति हुने व्यवस्था …

कांग्रेस विधान : सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापति स्वतः कार्यवाहक

३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापति स्वतः कार्यवाहक सभापति हुने व्यवस्था गरेको छ । १५औं महाधिवेशनबाट विधान संशोधन गर्दै कांग्रेसले केन्द्रीय सभापतिको अनुपस्थितिमा वरिष्ठ उपसभापति स्वतः कार्यवाहक सभापति हुने व्यवस्था गरेको हो ।

कांग्रेसले निर्वाचन आयोगसमक्ष दिएको दलको विधान अद्यावधिकका लागि पेस गरेको ‘दलको विधानको विवरण हेरफेर भएको निवेदन’मा वरिष्ठ उपसभापतिको काम कर्तव्य र अधिकारबारे उल्लेख छ ।

विधानको धारा २६ (क) मा थप गरेर वरिष्ठ उपसभापतिको काम कर्तव्य र अधिकारबारे आयोग समक्ष बुझाइएको तीन महलेमा लेखिएको छ, ‘केन्द्रीय सभापतिको अनुपस्थितिमा कार्यवाहक सभापतिको रुपमा काम गर्ने ।’

सोही धाराअन्तर्गत वरिष्ठ उपसभापतिले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखको रुपमा कार्य गर्ने र केन्द्रीय कार्यालयको संयोजन गर्ने पनि उल्लेख छ । धारा २६ (क) मा थप लेखिएको छ, ‘अन्य काम, कर्तव्य र अधिकार तोकिएबमोजिम हुनेछ ।’

१५औं महाधिवेशनले विधानको धारा २१ मा संशोधन गरी एक जना निर्वाचित वरिष्ठ उपसभापति रहने व्यवस्था गरेको थियो । जसअनुसार निवर्तमान उपसभापति विश्वप्रकाश शर्मा निर्विरोध वरिष्ठ उपसभापतिमा निर्वाचित भएका थिए ।

कांग्रेसले विधानको धारा २७ को उपधारा (१) पनि संशोधन गरेको छ । साविकको विधानमा उक्त धाराअन्तर्गत ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहने छ । महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ,’ लेखिएको थियो ।

१५औं महाधिवेशनबाट संशोधन गरेर उक्त धारामा ‘सभापतिले कार्यविभाजन गरेअनुसार महामन्त्रीले पार्टी कार्यालयको कार्य सञ्चालन एवम् रेखदेखको नेतृत्व, सदस्यता व्यवस्थापन, समन्वय र सांगठनिक जिम्मेवारी लगायत तोकिएका बहन गर्ने छन्,’ लेखिएको छ ।

संशोधित विधानले महामन्त्रीहरूलाई तोकिएको जिम्मेवारी आवश्यकताअनुसार हेरफेर गर्न सक्ने अधिकार सभापतिलाई दिएको छ । विधान अद्यावधिकका लागि आयोमा पेस गरिएको ‘दलको विधानको विवरण हेरफेर भएको निवेदन’अनुसार १५औं महाधिवेशनबाट विधानका विभिन्न ५८ बुँदाहरू संशोधन गरिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
६ महिनामै सरकारको पारदर्शीतामाथि प्रश्न उठ्यो : कांग्रेस उपसभापति आचार्य

६ महिनामै सरकारको पारदर्शीतामाथि प्रश्न उठ्यो : कांग्रेस उपसभापति आचार्य

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा आचार्यले सरकार गठन भएको ६ महिना नपु...

#कांग्रेस #उपसभापति
Compare →
Nagarik News
1h ago
देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको जिल्ला अधिवेशन मंसिर १ गते हुने

देउवा पक्षीय नेपाली कांग्रेसको मोरङ अधिवेशन मंसिर १ गते विराटनगरमा आयोजना गरिने भएको छ।

#कांग्रेस
Compare →
Ekantipur
1d ago
पार्टी एकता नै मेरो मुख्य लक्ष्य : कांग्रेस नेता कोइराला

पार्टी एकता नै मेरो मुख्य लक्ष्य : कांग्रेस नेता कोइराला

दोलखा सदरमुकाम चरिकोटमा शनिबार देउवा पक्षको १५ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसलाई एकताबद्ध बनाउनु नै आफ्नो मुख्य लक्ष्य भएको बताए ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612