Trending
Prev Story
Next Story

पोखरासँग हारेपछि काठमान्डु इलिमिनेटर खेल्दै

Ekantipur •
November 15, 2026 • 03:32 PM
4
4 reads 0 reactions

जितका लागि २ सय २५ रनको कीर्तिमानी लक्ष्य पाएको काठमान्डुले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो ।

पोखरासँग हारेपछि काठमान्डु इलिमिनेटर खेल्दै

जितका लागि २ सय २५ रनको कीर्तिमानी लक्ष्य पाएको काठमान्डुले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो ।

काठमाडौँ — काठमाडौं– पोखरा एजेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको अन्तिम लिग खेलमा काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ ।

जितका लागि २ सय २५ रनको कीर्तिमानी लक्ष्य पाएको काठमान्डुले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय ६९ रन मात्र बनाउन सक्यो ।

यससँगै प्रतियोगिताको प्ले–अफ समीकरण पनि टुंगेको छ । अब क्वालिफायर–वानमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्ने छन् । इलिमिनेटरमा भने काठमान्डु र चितवन राइनाेजबीच प्रतिस्पर्धा हुनेछ । त्यसको विजेताले क्वालिफायर–टुको पराजित टिमसँग खेल्नेछ । काठमान्डुका लागि ओपनर स्मित पटेलले ३४ रन बनाए भने विलियम बोसिस्टोले २६ रन जोडे । जहान्दाद खान २४, रसिद खान ३१ र सोनु देवकोटाले २९ रन बनाएर आउट भए । काठमान्डुले नियमित अन्तरमा विकेट गुमाएर ठोस साझेदारी बनाउन सकेन । पोखराका बलरमध्ये दिनेश खरेल ४ र विपिन खत्रीले ३ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा तीन विकेट मात्र गुमाएर २ सय २४ रन बनाएको थियो । प्रतियोगिताको इतिहासमै यो कुनै पनि टिमले खडा गरेको सबैभन्दा ठूलो स्कोर हो । यसअघि दोस्रो सिजन विराटनगर किंग्सले पोखराविरुद्ध नै ६ विकेटमा २ सय २० रन बनाएको थियो ।

यसपल्ट कुशल भुर्तेल शतक बनाउनबाट एक रनले मात्र चुके । उनी ९९ रनमा करण केसीको बलमा विकेट पछाडि समातिए । कुशलले ५१ बलमा आठ चौका र आठ छक्का प्रहार गरे । प्रतियोगितामा नेपाली ब्याटरको यो सर्वाधिक ठूलो व्यक्तिगत स्कोर हो ।

उनी पहिलो शतक बनाउने नेपाली खेलाडी हुनबाट भने चुके । यसअघि लुम्बिनी लायन्सका रोहित पौडेलले पहिलो सिजन ९५ रन बनाएका थिए । कुशलले ओपनर युवराज सामरासँग मिलेर दोस्रो विकेटका लागि १ सय ८६ रनको साझेदारी गरे । युवराज पनि ८९ रन बनाएर आउट भए । उनले ५५ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5h ago
पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने

पोखराविरुद्ध टस जितेको काठमान्डु गोर्खाजले पहिले बलिङ गर्ने

२९ कात्तिक, काठमाडौं । जारी एनपीएलको आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। आज काठमान्डु र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। काठमान्डुले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ।  पोखराको लागि आजको खेल नै यो …

#काठमान्डु #पोखरा
Compare →
Hamro Patro News
5h ago
काठमान्डुले टस जितेर पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमान्डुले टस जितेर पोखराविरुद्ध पहिले फिल्डिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गोर्खाजले टस जितेको छ। टस जितेर काठमान्डुले पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको छ। आजको खेल पोखरा एभेन्...

#काठमान्डु #पोखरा
Compare →
Nagarik News
1d ago
क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

क्रिकेट सहरको रक्षात्मक कला, भित्रन सक्छ उपाधि

सामान्य लक्ष्य दिएर पनि रक्षा गर्न सक्ने आत्मविश्वास नै अहिले सुदूरपश्चिमको सबैभन्दा ठूलो शक्ति बनेको छ।

#रनको #लक्ष्य
Compare →
Arthasansar
2d ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#काठमान्डु
Compare →

Related Stories

National (Nepal)
Build #2612