Trending
Prev Story
Next Story

के लामो समय सम्भोग नगर्दैमा योनि कसिलो हुन्छ ?

Onlinekhabar •
November 15, 2026 • 01:01 PM
3
3 reads 0 reactions 4 comments

महिलाले लामो समयसम्म यौनसम्बन्ध नराख्दा योनि साँघुरिन्छ वा कसिलो हुन्छ भन्ने धारणा धेरैमा छ । कतिपयले लामो समयपछि यौनसम्बन्ध राख्दा पहिलेभन्दा बढी कसिलो महसुस हुने अनुभव पनि सुनाउँछन् । तर के साँच्चै लामो समय यौन सम्पर्क …

के लामो समय सम्भोग नगर्दैमा योनि कसिलो हुन्छ ?

महिलाले लामो समयसम्म यौनसम्बन्ध नराख्दा योनि साँघुरिन्छ वा कसिलो हुन्छ भन्ने धारणा धेरैमा छ ।

कतिपयले लामो समयपछि यौनसम्बन्ध राख्दा पहिलेभन्दा बढी कसिलो महसुस हुने अनुभव पनि सुनाउँछन् । तर के साँच्चै लामो समय यौन सम्पर्क नगर्दैमा योनि टाइट हुन्छ त ?

चिकित्सकका अनुसार यो सही होइन । लामो समयसम्म यौनसम्बन्ध नराख्दैमा योनि प्राकृतिक रूपमा साँघुरिने वा कसिलो हुने हुँदैन । योनि लचिलो मांसपेशी र तन्तुबाट बनेको हुन्छ । यौनसम्बन्ध राख्दा वा अन्य अवस्थामा फैलिएको योनि पुनः आफ्नो सामान्य अवस्थामा फर्किन्छ ।

मेडिकभर अस्पतालका युरोलोजिस्ट, एन्ड्रोलोजिस्ट तथा सेक्सोलोजिस्ट डा. विजय दहिफलेका अनुसार लामो समय यौनसम्बन्ध नराख्दा योनि कसिलो हुने भन्ने कुरा भ्रम हो । तर लामो समयपछि यौनसम्बन्ध राख्दा केही महिलाले कसिलोपन वा असहजता महसुस गर्न सक्छन् । यसको कारण योनिको आकार परिवर्तन हुनु होइन ।

यौन उत्तेजना कम हुनु, योनिबाट आउने प्राकृतिक चिप्लोपन घट्नु र पेल्भिक फ्लोरका मांसपेशीमा तनाव हुनुजस्ता कारणले यस्तो अनुभव हुन सक्छ । त्यसैले, लामो समयपछि यौनसम्बन्ध राख्दा पहिलेभन्दा असहज महसुस हुनुलाई योनि कसिलो भएको प्रमाण मान्न मिल्दैन ।

यौनसम्बन्ध नराख्दा योनिमा कस्तो असर पर्छ ?

लामो समयसम्म यौनसम्बन्ध नराख्दैमा योनिको आकार वा बनावटमा स्थायी परिवर्तन हुँदैन । तर केही अवस्थामा यौनसम्बन्ध पुनः सुरु गर्दा निम्न समस्या देखिन सक्छन् ।

यौन उत्तेजना हुँदा योनिमा रक्तप्रवाह बढ्छ र प्राकृतिक चिप्लोपन उत्पादन हुन मद्दत पुग्छ । उत्तेजना पर्याप्त नभएमा योनिमा आवश्यक चिप्लोपन नहुन सक्छ । यस्तो अवस्थामा लामो समयपछि यौनसम्बन्ध राख्दा घर्षण बढ्ने, पोल्ने वा असहज हुने समस्या हुन सक्छ ।

लामो समयपछि यौनसम्बन्ध राख्दा केही महिलाले योनि पहिलेभन्दा कसिलो भएको महसुस गर्न सक्छन् । तर यसको अर्थ योनि साँघुरिएको भन्ने होइन । डर, तनाव, असहजता वा अनायासै पेल्भिक फ्लोरका मांसपेशी खुम्चिनुले पनि यस्तो अनुभूति गराउन सक्छ । यस्तो अवस्थामा पर्याप्त फोरप्ले र आवश्यकताअनुसार लुब्रिकेन्टको प्रयोगले सहज बनाउन सक्छ ।

मेनोपजपछि महिलाको शरीरमा एस्ट्रोजन हर्मोनको स्तर घट्छ । यो हर्मोनले योनिको तन्तुलाई स्वस्थ, लचिलो र ओसिलो राख्न मद्दत गर्छ । यसको मात्रा घट्दा योनिमा सुख्खापन, संवेदनशीलता र लचिलोपनमा कमी आउन सक्छ ।

यस्तो अवस्थामा लामो समयपछि यौनसम्बन्ध राख्दा दुख्ने, पोल्ने वा घर्षण हुने समस्या देखिन सक्छ ।

४. यौन उत्तेजना र इच्छामा परिवर्तन आउन सक्छ

लामो समयसम्म यौनसम्बन्ध नराख्दा कतिपय महिलामा यौनसम्बन्धप्रतिको रुचि वा उत्तेजनामा परिवर्तन आउन सक्छ । लामो अन्तरालपछि यौनसम्बन्ध राख्दा मानसिक रूपमा सहज हुन वा शारीरिक रूपमा उत्तेजित हुन केही समय लाग्न सक्छ । त्यसैले, हतार नगरी पर्याप्त समय दिनु र दुवै जना सहज हुनु महत्त्वपूर्ण हुन्छ।

लामो समयपछि यौनसम्बन्ध राख्दा के गर्ने ?

लामो समयपछि यौनसम्बन्ध राख्दा असहज महसुस भएमा हतार गर्नु हुँदैन । पर्याप्त फोरप्ले गर्ने, शरीरलाई उत्तेजित हुन समय दिने र आवश्यक परे पानीमा आधारित लुब्रिकेन्ट प्रयोग गर्ने गर्नुपर्छ । दुखाइ भएमा जबर्जस्ती यौनसम्बन्ध राख्नु हुँदैन ।

यौनसम्बन्धका क्रममा बारम्बार दुख्ने, पोल्ने वा असहज हुने समस्या भएमा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । यस्तो समस्यालाई केवल लामो समय सेक्स नगरेको कारण भनेर बेवास्ता गर्नु हुँदैन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
लत लाग्ने एप फिचरमाथि युरोपको नजर!

लत लाग्ने एप फिचरमाथि युरोपको नजर!

युरोप । सामाजिक सञ्जालमा मानिसलाई लामो समयसम्म अल्झाइराख्ने डिजाइनमाथि युरोपेली संघले कडाइ गर्ने तयारी गरेको छ। विशेषगरी लगातार भिडियो स्क्रोल गर्ने सुविधा, अनावश्यक नोटिफिकेसन र प्रयोगकर्तालाई एप...

#लामो #समयसम्म
Compare →
Nagarik News
6d ago
जनार्दनले भने- मैले देशलाई वर्षौं लामो अन्धकारबाट मुक्त गरेँ

जनार्दनले भने- मैले देशलाई वर्षौं लामो अन्धकारबाट मुक्त गरेँ

मन्त्री पदको शपथ लिँदै गर्दा आफूले देशलाई लोडसेडिङमुक्त बनाउने भित्री संकल्प लिएको उनले सम्झिएका छन्।

#लामो
Compare →
Bizshala
2w ago
लामो कानुनी संघर्षपछि एभरेष्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६.३६ करोड

लामो कानुनी संघर्षपछि एभरेष्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६.३६ करोड

काठमाण्डौ । एभरेष्ट पेपर मिल्स प्रा.लि.का १७४ जना श्रमिकले लामो कानुनी तथा प्रशासनिक संघर्षपछि सेवा सुविधा र पारिश्रमिकबापत कुल ६ करोड ३६ लाख ६२ हजार ८०३ रुपैयाँ ३८ पैसा भुक्तानी पाएका छन्।

#लामो
Compare →

Related Stories

Health & Wellness
Build #2612