Trending
Prev Story
Next Story

पाँचौं पटक संशोधन भयो नेपाल नागरिकता नियमावली

Onlinekhabar •
November 15, 2026 • 06:31 AM
4
4 reads 0 reactions

२९ कात्तिक, काठमाडौं । नेपाल नागरिकता नियमावली पाँचौं पटक संशोधन भएको छ । पाँचौँ संशोधनमार्फत नागरिकता वितरण, प्रतिलिपि प्राप्ति, अभिलेख व्यवस्थापन र नागरिकताको विवरण रुजु गर्ने प्रक्रियालाई सहज बनाइएको गृह मन्त्रालयले जनाएको छ । नागरिकता ऐन २०६३ …

पाँचौं पटक संशोधन भयो नेपाल नागरिकता नियमावली

२९ कात्तिक, काठमाडौं । नेपाल नागरिकता नियमावली पाँचौं पटक संशोधन भएको छ ।

पाँचौँ संशोधनमार्फत नागरिकता वितरण, प्रतिलिपि प्राप्ति, अभिलेख व्यवस्थापन र नागरिकताको विवरण रुजु गर्ने प्रक्रियालाई सहज बनाइएको गृह मन्त्रालयले जनाएको छ ।

नागरिकता ऐन २०६३ दफा २३ अनुसार नेपाल सरकारले गरेको पछिल्लो संशोधनमा नयाँ नियम ‘१६ख’ थपेर नेपाली नागरिकता र गैरआवासीय नेपाली नागरिकताको प्रतिलिपि लिन सकिने अवस्थाहरू थप स्पष्ट गरिएको छ ।

आगलागी वा पानीले नष्ट भएको, च्यातिएर काम नलाग्ने भएको, हराएको, बसाइँसराइ भएको र नयाँ ढाँचामा आवश्यक परेको अवस्थामा नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गरिएको छ ।

नागरिकताको सक्कल वा प्रतिलिपि दुवै नभएको अवस्थामा पनि राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी पुर्जामध्ये कुनै एक कागजातका आधारमा प्रक्रिया अघि बढाउन सकिने व्यवस्था राखिएको छ ।

नयाँ नियम ‘१६ग’ अनुसार नागरिकताको सक्कल प्रमाणपत्र छ तर कार्यालयमा अभिलेख छैन भने नयाँ नागरिकता जारी गर्दाको जस्तै प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।

सक्कल प्रमाणपत्र र कार्यालयको अभिलेख दुवै नभएको अवस्थामा पनि नयाँ नागरिकता जारी गर्दाको सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिलिपि दिन सकिनेछ ।

पुरानो अभिलेखमा फोटो नभएमा वा अस्पष्ट भएमा सरकारी निकायबाट जारी फोटोसहितको परिचयपत्र र नागरिकता नम्बरका आधारमा रुजु गर्न सकिनेछ।

यो व्यवस्था पुराना अभिलेख हराएका वा व्यवस्थित नभएका नागरिकका लागि महत्त्वपूर्ण हुने सरकारको विश्वास छ ।

प्रशासनिक सुधार अन्तर्गत नागरिकताको विवरण डिजिटल प्रणालीमा राख्नुपर्ने लगायतका नियम थप गरिएको छ ।

नयाँ नियम १३ ले नागरिकताको अभिलेख व्यवस्थापनमा परिवर्तन गरेको छ ।

नागरिकता जारी गर्ने कार्यालयले प्रमाणपत्र जारी भएको अभिलेख निर्धारित ढाँचामा सुरक्षित राख्नुपर्ने हुन्छ । नागरिकता प्राप्तिका लागि निवेदकले पेस गरेका विवरण तथा कागजात नागरिकता सूचना व्यवस्थापन प्रणालीमा अपलोड गर्नुपर्नेछ ।

नागरिकताको प्रमाणपत्र वितरणको मासिक विवरण गृह मन्त्रालयमा पठाउनुपर्ने, नागरिकता नम्बरलाई जिल्लागत कोड, कार्यालयगत कोड, जारी वर्ष र क्रमसङ्ख्याका आधारमा व्यवस्थित गरिने व्यवस्था छ ।

देशभरका नागरिकता अभिलेखलाई एकीकृत र व्यवस्थित बनाउने उद्देश्य राखेको गृह मन्त्रालयले जनाएको छ ।

नियमावलीले नागरिकता नम्बरको संरचना स्पष्ट पारेको छ ।

जसअनुसार नयाँ नम्बरमा चारवटा पक्ष रहनेछन् ।

जिल्लाको कोड नम्बर, कार्यालयको कोड नम्बर, नागरिकता जारी भएको वर्षको पछिल्लो दुई अंक, पाँच अंकको क्रमसंख्या रहनेछ ।

यसले कुन जिल्लाको कुन कार्यालयबाट कुन वर्ष नागरिकता जारी भएको हो भन्ने पहिचान गर्न सजिलो बनाउँछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2h ago
काठमाडौंमा पाँचौं अन्तर्राष्ट्रिय सुनाखरी गोष्ठी हुँदै

काठमाडौंमा पाँचौं अन्तर्राष्ट्रिय सुनाखरी गोष्ठी हुँदै

कार्यक्रममा १५ देशका वैज्ञानिक, वनस्पतिविद्, अनुसन्धानकर्ता, प्राध्यापक, संरक्षणकर्मी तथा सुनाखरी व्यवसायीहरूको सहभागिता हुने आयोजकले बताएको छ ।

#पाँचौं
Compare →
Hamro Patro News
9h ago
आईपीएलका पूर्व अध्यक्ष ललित मोदीले पाए बेलायती नागरिकता

आईपीएलका पूर्व अध्यक्ष ललित मोदीले पाए बेलायती नागरिकता

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक तथा पूर्व अध्यक्ष ललित मोदीले बेलायती नागरिकता प्राप्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले बेलायती नागरिकता पाएको जानकारी दिँदै खुसी व्य...

#नागरिकता
Compare →
Nagarik News
1d ago
अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शनिबार देशभरका उडान रोक्ने आदेश दिएको छ।

#पटक
Compare →

Related Stories

National (Nepal)
Build #2612