Trending
Prev Story
Next Story

पर्सामा छठका बेला पटका पड्काउन र माछामासु बिक्री गर्न रोक

Ekantipur •
November 14, 2026 • 10:01 AM
2
2 reads 0 reactions

पटका तथा अन्य प्रज्वलनशील र विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री, वितरण तथा प्रयोग नगर्न र गरेको पाए प्रचलित कानुनबमोजिम कारबाही गरिने पर्सा प्रशासनले जनाएको छ।

पर्सामा छठका बेला पटका पड्काउन र माछामासु बिक्री गर्न रोक

पटका तथा अन्य प्रज्वलनशील र विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री, वितरण तथा प्रयोग नगर्न र गरेको पाए प्रचलित कानुनबमोजिम कारबाही गरिने पर्सा प्रशासनले जनाएको छ।

वीरगन्ज — छठ पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले पटका तथा विस्फोटकजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले शनिबार सार्वजनिक अपिल जारी गर्दै छठ पर्वका अवसरमा आगलागी तथा मानवीय र भौतिक क्षति हुन सक्ने गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेका हुन्।

जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रशासनले छठ पर्वका लागि चारबुँदे सार्वजनिक अपिल जारी गरेको हो। अपिलमा पटका तथा अन्य प्रज्वलनशील र विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री, वितरण तथा प्रयोग नगर्न आग्रह गरिएको छ। त्यस्ता गतिविधि गरेको पाइए प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ।

त्यसैगरी छठ घाट तथा पोखरीहरूमा पूजा तथा अर्घ्य दिने क्रममा बालबालिका, वृद्धवृद्धा र सर्वसाधारण डुब्न सक्ने जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ। सम्भावित दुर्घटना तथा विपद्को तत्काल उद्धारका लागि आवश्यक उपकरणसहित सुरक्षाकर्मी तयारी अवस्थामा रहने पनि अपिलमा उल्लेख छ।

छठ पर्वको धार्मिक मर्यादा र पवित्रता कायम राख्न शनिबार र आइतबार छठ पूजास्थल तथा घाट वरिपरिको क्षेत्रमा माछा, मासुलगायतका खाद्य पदार्थ र सम्पूर्ण मादक पदार्थको बिक्री, वितरण तथा सेवन पूर्ण रूपमा बन्द गर्न भनिएको छ। छठ पूजा व्यवस्थापन समितिहरूको अनुरोधसमेतलाई मध्यनजर गर्दै प्रशासनले यस्तो व्यवस्था मिलाउन आग्रह गरेको हो।

पर्व अवधिभर शान्ति सुरक्षालाई चुस्त र सुदृढ बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा छठ पूजा व्यवस्थापन समितिहरूबीच आवश्यक समन्वय गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जनाएका छन्।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
20h ago
छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

छठ मनाउन सभामुख अर्याल शनिबार पर्सा जाने

सभामुख अर्यालले वीरगञ्जस्थित घडिअर्वा पोखरीलगायत विभिन्न छठघाटको अवलोकन तथा दर्शन गर्नुका साथै छठ पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।

#पर्सा
Compare →
Hamro Patro News
1d ago
पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा आगजनी

वीरगन्ज । पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । गएराति गाउँपालिका–३ हरिहरपुरवीर्तास्थित कार्यालयमा अज्ञात समूहले मुख्य गेटको ताल्चा खोलेर भित्र प्रवेश गरी आगजनी ग...

#पर्सा
Compare →
Onlinekhabar
2d ago
चितवनमा पटका पड्काउँदा बालक घाइते

चितवनमा पटका पड्काउँदा बालक घाइते

२६ कात्तिक, चितवन । पटका पड्काउँदा एक बालक घाइते भएका छन् । पूर्वी चितवनको खैरहनी नगरपालिका–२ का १२ बर्षीय आयुष गान्धारी पटका पड्काउँदा घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार पटका …

#पटका
Compare →

Related Stories

National (Nepal)
Build #2612