Trending
Prev Story
Next Story

काठमाडौंमा पाँचौं अन्तर्राष्ट्रिय सुनाखरी गोष्ठी हुँदै

Ekantipur •
November 15, 2026 • 05:32 AM
2
2 reads 0 reactions

कार्यक्रममा १५ देशका वैज्ञानिक, वनस्पतिविद्, अनुसन्धानकर्ता, प्राध्यापक, संरक्षणकर्मी तथा सुनाखरी व्यवसायीहरूको सहभागिता हुने आयोजकले बताएको छ ।

काठमाडौंमा पाँचौं अन्तर्राष्ट्रिय सुनाखरी गोष्ठी हुँदै

कार्यक्रममा १५ देशका वैज्ञानिक, वनस्पतिविद्, अनुसन्धानकर्ता, प्राध्यापक, संरक्षणकर्मी तथा सुनाखरी व्यवसायीहरूको सहभागिता हुने आयोजकले बताएको छ ।

काठमाडौँ — सुनाखरीको जैविक विविधतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन काठमाडौंमा पाँचौं अन्तर्राष्ट्रिय सुनाखरी गोष्ठी हुने भएको छ । मंसिर २ देखि ४ गतेसम्म हुने यो गोष्ठीमा सुनाखरीको संरक्षण, वैज्ञानिक अनुसन्धान तथा व्यावसायिक प्रवर्द्धनका विषयमा छलफल हुनेछ ।

अन्तर्राष्ट्रिय बागवानी विज्ञान समाज, अन्नपूर्ण रिसर्च सेन्टर र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पतिशास्त्र विभागको आयोजनामा हुने यो कार्यक्रममा नेपालकै पहिलो सुनाखरी प्रदर्शनी तथा विशेष कला कार्यशालासमेत हुँदै छ । कार्यक्रममा १५ देशका वैज्ञानिक, वनस्पतिविद्, अनुसन्धानकर्ता, प्राध्यापक, संरक्षणकर्मी तथा सुनाखरी व्यवसायीहरूको सहभागिता हुने आयोजकले बताएको छ ।

गोष्ठीमा प्रख्यात सुनाखरी वैज्ञानिक प्रोफेसर डा. याओ-चिएन एलेक्स चाङ मुख्य वक्ताका रूपमा सहभागी हुँदै छन् । गोष्ठीमा सुनाखरीको जैविक विविधता, वर्गीकरण, आनुवंशिक अध्ययन, पारिस्थितिकी, प्राकृतिक वासस्थान संरक्षण, जलवायु परिवर्तनको प्रभाव, आधुनिक प्रविधि तथा व्यावसायिक उत्पादनका सम्भावनाबारे वैज्ञानिक छलफल र अनुसन्धानका निष्कर्ष प्रस्तुत गरिनेछन् ।

नेपाल सुनाखरीको जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण देश हो । नेपालमा ५०० भन्दा बढी प्रजातिका सुनाखरी पाइन्छन् । कार्यक्रममा सुनाखरी प्रदर्शनीका अलावा सुनाखरी कला कार्यशालासमेत हुनेछ । जसमा ४० जना वरिष्ठ कलाकारहरूले सुनाखरीका फूलहरूलाई प्रत्यक्ष अवलोकन गरी स्थलमै चित्रकला सिर्जना गर्नेछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
18h ago
छठ पर्व :  काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी

छठ पर्व : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तयारी

काठमाडौं : छठ पर्वअन्तर्गत आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिँदैछ। लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठ पर्व मनाउनका लागि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सबै तया...

#काठमाडौं
Compare →
Nagarik News
1d ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →

Related Stories

World News
Build #2612