Trending
Prev Story
Next Story

पृथ्वी जोगाउन हरेक वर्ष ६ प्रतिशत उत्सर्जन कटौती गर्न गुटेरेसको आग्रह

Nagarik News •
November 14, 2026 • 01:54 AM
1
1 reads 0 reactions

विकासशील तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई अनुकूलन र हानि तथा नोक्सानी सम्बोधनका लागि थप वित्तीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले विकसित देशले विगतका कोप सम्मेलनमा गरेका वित्तीय प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए।

पृथ्वी जोगाउन हरेक वर्ष ६ प्रतिशत उत्सर्जन कटौती गर्न गुटेरेसको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन्।

यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-३१) को अन्तिम पत्रकार सम्मेलनमा शुक्रबार सम्बोधन गर्दै उनले आगामी केही वर्षसम्म प्रतिवर्ष करिब छ प्रतिशतका दरले उत्सर्जन कटौती गर्नुपर्ने आवश्यकता औँल्याए।

राष्ट्रिय निर्धारित योगदान (एनडिसी)अन्तर्गतका देशले प्रस्तुत गरेका वर्तमान जलवायु प्रतिबद्धता कार्यान्वयन हुँदा पनि यस शताब्दीको अन्त्यसम्म विश्वको तापक्रम वृद्धि २.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम रहेको उनले बताए।

'हाम्रो जिम्मेवारी तापक्रम वृद्धिलाई १.५ डिग्रीभन्दा माथि जाने अवस्थालाई सकेसम्म न्यून राख्नु, छोटो अवधिसम्म सीमित गर्नु र तापक्रमलाई सकेसम्म छिटो पुनः १.५ डिग्रीभन्दा तल झार्नु हो', महासचिव गुटेरेसले भने। उनले तापक्रम वृद्धिको सीमित र अस्थायी अवस्थाले अहिले देखिएका जलवायुजन्य विनाशकारी प्रभावलाई थप तीव्र बनाउने भएकाले जलवायु न्यायको आवश्यकता अझ बढेको बताए।

विकासशील तथा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई अनुकूलन र हानि तथा नोक्सानी सम्बोधनका लागि थप वित्तीय सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले विकसित देशले विगतका कोप सम्मेलनमा गरेका वित्तीय प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिए।

'अनुकूलनका लागि उपलब्ध गराइने वित्तीय सहयोग तीन गुणा बढाउँदा पनि आवश्यक रकमको ३० प्रतिशतभन्दा कम मात्र पूरा हुनेछ', उनले भने। महासचिव गुटेरेसले जीवाश्म इन्धन नै जलवायु संकटको प्रमुख कारक रहेको उल्लेख गर्दै त्यसबाट न्यायोचित, व्यवस्थित र समतामूलक रूपमा बाहिर निस्कन विश्वव्यापी संक्रमणलाई तीव्र बनाउनुपर्ने बताए।

जीवाश्म इन्धनमाथिको निर्भरताले देशहरूलाई मूल्यवृद्धि, भूराजनीतिक तनाव र अस्थिरताको जोखिममा पार्ने भएकाले आपूर्तिकर्ता परिवर्तन गर्नुभन्दा निर्भरता घटाउनु महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। यसका लागि स्वच्छ ऊर्जा, विद्युत् प्रसारण सञ्जाल, ऊर्जा भण्डारण, ऊर्जा दक्षता र स्वच्छ विद्युतीकरणमा व्यापक लगानी तथा विस्तार गर्नुपर्ने उनले बताए।

उनले जलवायु परिवर्तनलाई वातावरणीय विषयमा मात्र सीमित नराखी शान्ति, विकास, मानवअधिकार र सामाजिक न्यायसँग जोडेर हेर्नुपर्ने धारणा राखे। जलवायुजन्य विपद्ले भोकमरी, विस्थापन, गरिबी, ऋणको भार र स्रोतसाधनका लागि प्रतिस्पर्धा बढाउँदै विश्वव्यापी अस्थिरता निम्त्याइरहेको उनले उल्लेख गरे।

'जलिरहेको पृथ्वीमा शान्ति स्थापना गर्न सकिँदैन। जलवायु विपद्ले मानिसलाई पटक-पटक गरिबीमा धकेलिरहँदा गरिबी उन्मूलन गर्न सकिँदैन', उनले भने। महासचिवले जलवायु संकट उत्पन्न गर्न सबैभन्दा कम योगदान गरेका देश र समुदायले नै यसको सबैभन्दा बढी असर भोग्नुपरेको उल्लेख गर्दै जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य र वित्तीय सहयोग अपरिहार्य रहेको बताए।

द गार्डियनका अनुसार गुटेरेसले जलवायु परिवर्तन कुनै एउटा विषयमा मात्र सीमित नरहने र यसले विश्वभर असन्तुष्टि तथा विस्थापन बढाउने, दशकौँको विकास उपलब्धि नष्ट गर्ने, देशलाई थप ऋणको भारमा पार्ने तथा भूमि र पानीका लागि प्रतिस्पर्धा बढाउने बताएका थिए। जलवायु परिवर्तनले अस्थिरता निम्त्याउनुका साथै समुदाय र देशको अस्तित्वमै खतरा उत्पन्न गरिरहेको उनको भनाइ थियो।

'जलवायु कार्यलाई मैले अन्य विषयमध्ये एउटा विषयका रूपमा मात्र कहिल्यै हेरेको छैन। जलवायु कार्य संयुक्त राष्ट्रसंघको कामको हरेक पक्षको केन्द्रमा छ', उनले भनेका थिए।

कोप प्रक्रियालाई विज्ञानले माग गरेको आवश्यकता र राजनीतिक प्रतिबद्धताबीचको दूरी कम गर्ने गरी अघि बढाउनुपर्नेमा जोड दिँदै उनले जीवाश्म इन्धनको पक्षमा काम गर्ने समूहको असमानुपातिक प्रभावलाई सम्बोधन गर्नुपर्ने बताए।

द गार्डियनका अनुसार सम्मेलनमा सहभागी ९० भन्दा बढी विश्व नेतामध्ये अधिकांश शुक्रबारसम्म आ-आफ्नो देश फर्किसकेका थिए। त्यसपछि सम्मेलनका वार्ताकारहरू विश्व अर्थतन्त्रको विद्युतीकरण र जीवाश्म इन्धन उद्योगबाट श्रमिकलाई न्यायोचित रूपमा अन्य क्षेत्रमा लैजाने विषयमा छलफल गर्न केन्द्रित भएका थिए।

सम्मेलनको अध्यक्षता गरिरहेको अस्ट्रेलियाले विभिन्न देशले अघि सारेका प्रस्ताव समेटेर प्रतिबिम्ब दस्तावेज सार्वजनिक गरेको थियो। त्यसैका आधारमा सम्मेलनको अन्तिम निर्णयको प्रारम्भिक मस्यौदा तयार गर्ने तयारी भइरहेको थियो। सन् २०३५ सम्म विश्वको कुल अन्तिम ऊर्जा खपतको ३५ प्रतिशत विद्युत्बाट पूरा गर्ने लक्ष्य, मिथेन उत्सर्जन कटौती, जीवाश्म इन्धनको प्रयोग अन्त्यतर्फ प्रगति र जलवायु विपद्बाट प्रभावित विकासशील देशलाई पर्याप्त वित्तीय सहयोग उपलब्ध गराउने विषय प्रस्तावित थिए।

यस वर्षको सम्मेलनमा जीवाश्म इन्धनसँग सम्बन्धित १०० भन्दा बढी कम्पनी तथा समूहका प्रतिनिधि सहभागी भएको तथ्य पनि सार्वजनिक भएको थियो। यस विषयमा नेपालका प्रकास दालालले आलोचना गरेका थिए। उनले ठूला प्रदूषकका कारण मानिसको जीविकोपार्जन गुमेको, मानसिक पीडा र आघात भोग्नुपरेको तथा अस्तित्वकै चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै नागरिक समाज र देशका प्रतिनिधिमण्डलको तुलनामा उनीहरूलाई असमानुपातिक स्थान दिइएको स्वीकार्य नहुने बताएका थिए।

उनले कोप-३० को अध्यक्षताले अघि सारेका जीवाश्म इन्धनबाट बाहिरिने संक्रमण र वन विनाश अन्त्यसम्बन्धी मार्गचित्र, स्वच्छ विद्युतीकरण, विश्वव्यापी शून्य फोहोर प्रतिबद्धता, विद्युत् प्रसारण सञ्जाल विस्तार तथा सबैका लागि पूर्वसूचना प्रणालीको कार्यान्वयनलाई महत्त्वपूर्ण पहलका रूपमा उल्लेख गरे।

नवीकरणीय ऊर्जा प्रविधि र अर्थतन्त्रमा आएको परिवर्तनले स्वच्छ, सुरक्षित तथा भरपर्दो ऊर्जा भविष्यको सम्भावना बढाएको उल्लेख गर्दै उनले त्यसका लागि राजनीतिक इच्छाशक्ति, साहस र तीव्र कार्यान्वयन आवश्यक रहेको बताए।

महासचिवका रूपमा आफ्नो करिब १० वर्षे कार्यकालको अन्तिम कोप सम्मेलनमा सहभागी हुँदै उनले जलवायु परिवर्तनको सामना कुनै एक देशले एक्लै गर्न नसक्ने स्पष्ट पारे। संयुक्त राष्ट्रसंघले पूर्वसूचना प्रणाली, विद्युत् प्रसारण सञ्जाल, मिथेन उत्सर्जन र महत्त्वपूर्ण खनिजलगायतका क्षेत्रमा कार्यान्वयनमुखी सहयोगलाई थप सुदृढ बनाएको पनि उनले जानकारी दिए। 'हामी एउटै पृथ्वी साझा गर्छौँ र हामीलाई मन परोस् वा नपरोस्, हाम्रो भाग्य पनि साझा छ', उनले भने।

अन्ताल्याबाट बिदा हुँदै गर्दा विश्व समुदायलाई अन्तिम सन्देश दिँदै महासचिव गुटेरेसले भने, 'तथ्यको सामना गरौँ, विज्ञानको अनुसरण गरौँ, भविष्य रोजौँ र कहिल्यै हार नमानौँ।' टर्किएको अन्ताल्यामा जारी कोप-३१ नोभेम्बर ९ देखि २० सम्म सञ्चालन भइरहेको छ।

प्रकाशित: २८ कार्तिक २०८३ ०७:३९ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
14m ago
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

संयुक्त राष्ट्रसङ्कका महासचिव एन्टोनियो गुटेरेसले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि...

#उत्सर्जन #कटौती #गुटेरेस
Compare →
Hamro Patro News
1d ago
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेससँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता

टर्की । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) ...

#जलवायु #गुटेरेस
Compare →
Onlinekhabar
11h ago
कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

कोप–३१ सम्मेलनमा नेपालबाट टर्किए पुगे ५ मन्त्री

२७ कात्तिक, काठमाडौं । टर्किएको अन्ताल्यामा पाँच दिनदेखि संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) चलिरहेको छ। उक्त सम्मेलनमा संसारभरका सरकारका प्रतिनिधि र विज्ञहरू सहभागी भएका छन् । त्यही सम्मेलनको मूल र साइडलाइन कार्यक्रमका लागि नेपालबाट भने …

#जलवायु #सम्मेलन
Compare →
Bizshala
16h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #सम्मेलन
Compare →
Ekantipur
2d ago
जलवायु सम्मेलनको अन्तिम निर्णयमा हिमाली मुद्दा समेट्न नेपालको आग्रह

जलवायु सम्मेलनको अन्तिम निर्णयमा हिमाली मुद्दा समेट्न नेपालको आग्रह

१.५ डिग्री तापक्रम वृद्धिको असरबारे वैज्ञानिक अध्ययन र हिमाली क्षेत्रका लागि छुट्टै कार्ययोजना बनाउन प्रस्ताव

#जलवायु #सम्मेलन
Compare →

Related Stories

World News
Build #2612