Trending
Prev Story
Next Story

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

Nagarik News •
November 14, 2026 • 01:45 AM
3
3 reads 0 reactions

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ।

कीर्तिपुरमा शुक्रबार भएको खेलमा झिनो लक्ष्य पछ्याए पनि चितवनले जनकपुर बोल्ट्समाथि चार विकेटको संघर्षपूर्ण जित रच्यो। लिगमा आफ्नो छैटौं खेलमा चितवनले उत्कृष्ट बलिङ ग¥यो। तर ब्याटिङमा भने निकै संघर्ष गर्नुपर्‍यो।

उक्त पिचमा शुक्रबारका दुवै खेलमा ब्याटरले निकै संघर्ष गर्नुपरेको थियो तर चितवनले समालिँदै जित निकाल्यो। प्लेअफका लागि जनकपुर र चितवन दुवै टोली जित्नैपर्ने दबाबमा थिए। जनकपुर भने हारसँगै प्लेअफबाट बाहिरिँदा कर्णाली याक्सको पनि सम्भावना एक खेल अगावै समाप्त भयो।

पहिलो सिजनको च्याम्पियन जनकपुर ७ खेलबाट ४ अंक जोड्दा लगातार दोस्रो सिजन प्लेअफमा पुग्न असफल भयो। चितवनले भने ६ खेलबाट सात अंक जोड्दै प्लेअफको दाबेदारी दिएको छ।

शनिबार एक मात्र खेल लुम्बिनी लायन्स र विराटनगर किङ्स बीच हुनेछ। यो खेलमा विराटनगर पराजित भए चितवन एक खेलअगावै प्लेअफमा पुग्नेछ। विराटनगरको जितले भने चितवनले अन्तिम खेलमा कर्णाली याक्समाथि जित्नैपर्ने दबाबमा हुनेछ। त्यसैले शनिबार लुम्बिनी र विराटनगरबीच खेलको नतिजाको पर्खाइमा चितवन पनि हुनेछ।

लुम्बिनी र विराटनगरले लिगको अन्तिम खेल खेल्दैछन्। लुम्बिनी एक खेल अगावै प्लेअफमा पुगिसकेको छ। प्लेअफमा पुग्न विराटनगरसँग यो खेल जित्नुको विकल्प हुने छैन। लुम्बिनी भने यो खेल जित्दै पहिलो क्वालिफायर खेल्न चाहन्छ। त्यसअघि जनकपुरको हारले कर्णालीको भने एक खेलअगावै प्लेअफ यात्रा समाप्त हुन पुग्यो।

त्रिवि क्रिकेट मैदानमा जनकपुरले ८९ रनको झिनो लक्ष्य दियो। तर झिनो लक्ष्य पछ्याए पनि चितवनले निकै संघर्ष गर्‍यो। अन्तत् चितवनले १७.२ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। चितवनको पनि खराब सुरुआत रह्यो।

डेविड मालन र कुशल मल्लको छैटौं विकेटको साझेदारीले चितवनले १६ बलअगावै जित रच्यो। मालनले धैर्यपूर्वक ब्याटिङ गर्दै जित सुरक्षित गराए। उनी म्यान अफ दी म्याच पनि भए। उनले ३५ रनको अविजित इनिङ खेले। मालनले ३९ बलमा एक मात्र बाउन्ड्री प्रहार गरे। भिजेको पिचका कारण ब्याटरका लागि निकै संघर्षपूर्ण रह्यो। ३७/५ को नाजुक अवस्थामा पुगेपछि चितवन समालियो।

छैटौं विकेटका लागि मालन र कुशलबीच ३२ रनको साझेदारी भयो। यही साझेदारीले चितवन जितनजिक पुग्यो। १४औं ओभरमा कुशल १५ रनमा आउट भए। २५ बल खेलेका कुशलले एक मात्र चौका हिर्काए तर यसपछि कुनै क्षति भएन। यसअघि चितवनका शीर्ष क्रमका ब्याटर कामिल मिसरा १२, अर्जुन साउन शून्यमा र रवि बोपारा १३ रनमा नै पभेलियन फर्किए।

कप्तान सिकन्दर राजा शून्यमा र विवेक यादव ७ रनमा पभेलियन फर्किए। यसपछि चितवन पनि नाजुक अवस्थामा पुग्यो तर कुशल र मालनले धैर्यपूर्वक खेले। जनकपुरको बलिङमा राहुल यादवले तथा ललित राजवंशीले दुई र विशाल सुस्लिङले एक विकेट लिए। जनकपुरले पनि किफायती बलिङ गर्दै झिनो लक्ष्य रक्षा गर्ने प्रयास ग¥यो। तर सफल भएन।

टस जितेर पहिले ब्याटिङ गर्ने जनकपुरको निर्णय सही साबित भएन। खराब सुरुआत गरेको उसले पूरै ओभरमा ९ विकेटको क्षतिमा ८८ रनको झिनो योगफल बनायो। सातौं नम्बरमा आएका कप्तान हरमीत सिंहले २५ रन बनाए। यो नै सर्वाधिक ठुलो व्यक्तिगत स्कोर रह्यो। उनले २५ बलमा दुई चौका र एक छक्का हिर्काए।

विशाल सुस्लिङ १५ रन, ओपनर सन्तोष कार्की र राहुलले समान १० रन जोडे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्। दोस्रो ओभरमा ओपनर तृतराज दास ५ रनमै आउट भए। अनुभवी विदेशी खेलाडी रयान बर्ल, ह्यारी टेक्टर र जिमी निसमजस्ता ब्याटर पनि सस्तैमा पभेलियन फर्किए।

खराब लयबाट गुज्रिएका अनिल साहको स्थानमा जनकपुरले सन्तोष कार्कीलाई अवसर दिएको थियो। उनी पनि प्रभाव जमाउन असफल भए।

अमेरिकन ब्याटर हरमीतले इनिङ समाले। उनी डेथ ओभरको पहिलो बलमा कमलसिंह ऐरीबाट क्याच आउट भए। चितवनका बलरले लगातार विकेट लिँदै किफायती बलिङ गरे। स्पिनरले नै सात विकेट दिलाए। स्पिनर रन्जित कुमारले तीन तथा कप्तान सिकन्दर र कामिलले समान दुई विकेट लिए। मध्यम गतिका बलर कमल ऐरी र रिजन ढकालको नाममा समान एक विकेट रह्यो।

प्रकाशित: २८ कार्तिक २०८३ ०७:३० शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

आज लुम्बिनी र विराटनगरबिच खेल हुँदै

ब्याटरले संघर्ष गर्नुपरेको पिचमा चितवन राइनोजले जित निकाल्दै नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा प्लेअफ सम्भवना जीवितै राखेको छ। कीर्तिपुरमा शुक्रबार भएको खेलमा झिनो लक्ष्य पछ्याए पनि चित...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Arthasansar
15h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Onlinekhabar
15h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #चितवन
Compare →
Ekantipur
15h ago
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#चितवन #प्लेअफ
Compare →

Related Stories

Sports
Build #2612