Trending
Prev Story
Next Story

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

Ekantipur •
November 13, 2026 • 03:32 PM
2
2 reads 0 reactions

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

काठमाडौँ — चितवनका कप्तान सिकन्दर राजाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा आफ्नो टिमको प्लेअफ सम्भावना कायम रहेको खुसी व्यक्त गरे । उनले आफ्नो टिमले जनकपुर बोल्ट्समाथि प्राप्त जित संघर्षपूर्ण रहेको पनि स्विकारे ।

उनले आफ्नो टिमको जितमा डाविड मालनको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले भने, ‘मालनले आज निर्णायक प्रदर्शन गरे । उनी निकै अनुभवी ब्याटर हुन् । उनले आजको जस्तो खेलमा कसरी खेल्नु पर्छ भनेर राम्रोसँग थाहा छ ।’

जितका लागि ८९ रनको लक्ष्य पाएको चितवनले १७.२ ओभरमा छ विकेट गुमाएर ९२ रन बनाएको हो । यसअघि पहिले ब्याटिङ गरेको जनकपुरले नौ विकेट गुमाएर ८८ रन बनाएको थियो । खेलको ‘प्लेयर अफ द म्याच’ मालन नै रहे ।

उनले ३५ रन बनाए र नटआउट पनि रहे । मालनले भने, ‘पिचबारे धेरै ध्यान दिएर खेलेनौं र साझेदारी बनाउने प्रयास गर्‍यौं । मलाई लाग्छ, ब्याटिङका क्रममा दबाबमा आएनौं । जितमा जहिल्यै पनि खुसी हुन्छ नै । आजको जित केही विशेष रह्यो ।’

यो जितपछि चितवनको सात अंक भएको छ, चौथो स्थानमा उक्लेको छ । यही जितले उसको प्लेअफ खेल्ने सम्भावना जीवन्त रहेको हो । यो नतिजापछि पहिलो सिजनको विजेता जनकपुरसँगै कर्णाली याक्सको पनि प्लेअफ सम्भावना समाप्त भएको छ ।

पोखरा एजेन्जर्सको यसअघि नै लिग चरण काट्ने सम्भावना सकिसकेको छ । हारपछि जनकपुरका कप्तान हरमित सिंहले निराशा पोखे । उनले भने, ‘पिच केही सुस्त रह्यो । यसमा खेल्न निकै कठिन रह्यो । अहिलेको हाम्रो टिम निकै युवा छ, अबको दिनमा यसले राम्रो गर्नेछ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
6h ago
प्रतियोगिताबाट बाहिरियो जनकपुर, चितवनको प्लेअफ सम्भावना कायमै (तस्बिरहरू)

प्रतियोगिताबाट बाहिरियो जनकपुर, चितवनको प्लेअफ सम्भावना कायमै (तस्बिरहरू)

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले प्लेअफ सम्भावना कायम राखेको छ। शुक्रबार भएको दिनको दोस्रो खेलमा चितवनले जनकपुरालई ४ विकेटले हराउँदै प्लेअफ सम्भावना कायम राखेको हो।

#प्लेअफ #सम्भावना #चितवन
Compare →
Nagarik News
10h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#प्लेअफ #चितवन #सम्भावना
Compare →
Arthasansar
9h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#प्लेअफ #चितवन #सम्भावना
Compare →
Onlinekhabar
10h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#प्लेअफ #चितवन
Compare →
Bizshala
11h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#सम्भावना
Compare →

Related Stories

Sports
Build #2612