Trending
Prev Story
Next Story

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

Ekantipur •
November 14, 2026 • 02:32 AM
3
3 reads 0 reactions

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

अमेरिका — एयर ट्राफिक कन्ट्रोल (एटीसी) को सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि अमेरिकाभरका उडान रोकिएका छन् । सन् २००१ सेप्टेम्बर ११ (९/११) को आतंकवादी आक्रमणपछि अमेरिकी हवाई सेवामा पहिलोपटक यति व्यापक असर परेको अधिकारीहरूले बताएका छन् ।

अमेरिकाको राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) का पूर्वप्रमुख रोबर्ट एल. समवाल्टले सन् २००१ को आक्रमणपछि अमेरिकी उडानमा यति व्यापक अवरोध कहिल्यै नभएको बताएका छन् । सीबीएस न्युज सँग कुरा गर्दै उनले आधुनिक प्रविधिको युगमा पनि यस्तो समस्या आउनु आश्चर्यजनक भएको बताए ।

अमेरिकी गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले घटनापछि अमेरिकामाथि कुनै आक्रमण भएको संकेत नरहेको र सबै सुरक्षित रहेको बताएका छन् । उनले यो घटना अर्को ९/११ नभएको भन्दै सर्वसाधारणलाई आश्वस्त पार्ने प्रयास गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि फक्स न्युज सँग कुरा गर्दै समस्या साइबर आक्रमण वा एआईका कारण भएको जस्तो नदेखिएको बताएका छन् ।

यसअघि अमेरिकी विमान अधिकारीहरूले सुरक्षाको कारण देखाउँदै सबै उडान रोक्न आदेश दिएका थिए । उनीहरूले अवस्थालाई 'असाधारण परिस्थिति' भनेका थिए । यसबाट विमानस्थलमा ठूलो संख्यामा यात्रु अलपत्र परेका छन् । एयर क्यानडाले अमेरिका र क्यानडाबीचका सबै उडान शुक्रबार साँझसम्म रद्द गरिएको जनाएको छ ।

ह्वाइट हाउसको पत्रकार सम्मेलनमा मन्त्री मुलिनले यो समस्या माइक्रोसफ्टको प्रणालीमा अघिल्लो दिन आएको अवरोधसँग सम्बन्धित रहेको दाबी पनि अस्वीकार गरेका छन् । प्रशासनले उडान अवरुद्ध हुँदा अलपत्र परेका यात्रुलाई सहयोग गर्न र सबैको सुरक्षा सुनिश्चित गर्न तीव्र गतिमा काम गरिरहेको उनको भनाइ छ । उनले सर्वसाधारणको ज्यान कहिल्यै जोखिममा नरहेको पनि बताएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर? एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको...

#अमेरिका #हवाई #ठप्प
Compare →
Nagarik News
3h ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#उडान #अमेरिकी #अमेरिका
Compare →
Onlinekhabar
3h ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#उडान #अमेरिकी #हवाई
Compare →
Arthasansar
2h ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#उडान #अमेरिका #हवाई
Compare →

Related Stories

World News
Build #2612