Trending
Prev Story
Next Story

कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

Ekantipur •
November 13, 2026 • 05:31 AM
3
3 reads 0 reactions

तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

कालीमाटीमा छठलक्षित व्यापारको चहलपहल [तस्बिरहरू]

तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ । काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

काठमाडौँ — तराई–मधेशसहित काठमाडौं उपत्यकामा पनि छठ पर्वको रौनक सुरु भएको छ। छठ पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजार परिसरमा छठ लक्षित व्यापार सुरु भएको छ।

छठ पर्वका लागि आवश्यक सामग्री खरिद गर्न बिहानैदेखि बजारमा सर्वसाधारणको चहलपहल देखिएको छ। विशेषगरी छठ पूजामा प्रयोग हुने फलफूल, पूजा सामग्री तथा बाँसबाट बनेका सामग्री किन्ने ग्राहकको भिड लागेको छ।

छठ पर्वमा मुख्य रूपमा ठेकुवा, भुसुवा (कसार), नरिवल, केरा, स्याउ, सुन्तला, उखु, सखरखण्ड, मुला, अदुवा, बेसार, कागती, अम्बा, भोगटे, पानीसहितको नरिवललगायत फलफूल तथा कन्दमूल चढाउने परम्परा छ।

त्यस्तै, पूजाका लागि बाँसको सुप (सुपली), नाङ्लो, डालो, टोकरी, माटोको हात्ती, दियो, अगरबत्ती, धूप, पञ्चमेवा तथा पूजाका अन्य सामग्रीको पनि किनमेल हुने गरेको छ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वमा व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा पुगेर विधिपूर्वक पूजा गर्ने गर्दछन्। विशेषगरी तराई–मधेशमा धुमधामका साथ मनाइने छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पनि व्यापक रूपमा मनाउन थालिएको छ।

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
33m ago
छठका लागि सिंगारियो कमलपोखरी (तस्बिरहरू)

छठका लागि सिंगारियो कमलपोखरी (तस्बिरहरू)

छठ पर्वको तयारीसँगै काठमाडौंको कमलपोखरी झिलिमिली बनेको छ। छठ पर्वलाई लक्षित गरी सजाइएको पोखरी साँझपख रंगीन बत्तीले झनै आकर्षक देखिएको छ। बत्तीको उज्यालोमा चम्किएको कमलपोखरीमा यतिबेला फोटो खिच्ने,...

#काठमाडौं #पर्व #तस्बिर
Compare →
Nagarik News
2h ago
छठमा बेग्लै रौनक ल्याउने शारदा

छठमा बेग्लै रौनक ल्याउने शारदा

यी गीतले थप पर्वको उत्साहलाई बढाउने काम गरेको देखिन्छ।

#काठमाडौं #पर्व
Compare →

Related Stories

Business & Economy
Build #2612