Trending
Prev Story
Next Story

काठमाडौंको गौरीघाटमा छठको अन्तिम तयारी [तस्बिरहरु]

Ekantipur •
November 14, 2026 • 01:32 PM
3
3 reads 0 reactions

हरेक वर्ष छठ पर्वका अवसरमा विशेष रूपमा सजाइने गौरीघाटमा यस वर्ष पनि आकर्षक ढंगले घाट निर्माण तथा सजावट भइरहेको छ । नदी किनारमा पूजाका लागि आवश्यक स्थान तयार पार्ने, सरसफाइ गर्ने, बत्ती जडान गर्ने तथा अन्य व्यवस्थापकीय काम भइरहेका छन् ।

काठमाडौंको गौरीघाटमा छठको अन्तिम तयारी [तस्बिरहरु]

हरेक वर्ष छठ पर्वका अवसरमा विशेष रूपमा सजाइने गौरीघाटमा यस वर्ष पनि आकर्षक ढंगले घाट निर्माण तथा सजावट भइरहेको छ । नदी किनारमा पूजाका लागि आवश्यक स्थान तयार पार्ने, सरसफाइ गर्ने, बत्ती जडान गर्ने तथा अन्य व्यवस्थापकीय काम भइरहेका छन् ।

छठ पर्व नजिकिएसँगै काठमाडौंको गौरीघाटस्थित छठ घाट निर्माण तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । छठ मनाउन आउने व्रतालु तथा श्रद्धालुलाई सहज रूपमा पूजा गर्ने वातावरण बनाउन घाट व्यवस्थापन, सरसफाइ र झिलिमिली बत्ती जडानलगायतका कामलाई तीव्रता दिइएको छ ।हरेक वर्ष छठ पर्वका अवसरमा विशेष रूपमा सजाइने गौरीघाटमा यस वर्ष पनि आकर्षक ढंगले घाट निर्माण तथा सजावट भइरहेको छ । नदी किनारमा पूजाका लागि आवश्यक स्थान तयार पार्ने, सरसफाइ गर्ने, बत्ती जडान गर्ने तथा अन्य व्यवस्थापकीय काम भइरहेका छन् ।

छठ पर्वका लागि गौरीघाटलाई झिलिमिली बत्तीले सजाइएको छ । साँझको समयमा घाटलाई आकर्षक र उज्यालो बनाउन विद्युत् तथा सजावटी बत्ती जडान गरिएको छ । साथै, व्रतालुहरूलाई पूजा सामग्री राख्न र सूर्यलाई अर्घ्य दिन सहज हुने गरी घाट व्यवस्थापन भइरहेको छ ।छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ । चार दिनसम्म मनाइने यस पर्वको मुख्य दिन व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।

गौरीघाट काठमाडौं उपत्यकामा छठ पूजा गर्ने प्रमुख स्थलमध्ये एक हो । यहाँ काठमाडौं तथा आसपासका विभिन्न स्थानबाट श्रद्धालु पूजा गर्न आउने गर्छन् । पर्वलाई व्यवस्थित, सुरक्षित र भव्य बनाउन स्थानीयवासी तथा व्यवस्थापनमा खटिएका व्यक्तिहरू तयारीमा जुटेका छन् । छठको मुख्य दिन नजिकिँदै गर्दा गौरीघाटमा चहलपहलसमेत बढ्दै गएको छ ।

दीपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
विराटनगरमा यसरी हुँदैछ छठको तयारी (फोटोफिचर) 

विराटनगरमा यसरी हुँदैछ छठको तयारी (फोटोफिचर) 

तराई-मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ पर्व सुरु भएसँगै विराटनगरका घाटहरू सजाउन थालिएको छ। छठ पर्वका लागि विराटनगरका खोला, नहर तथा पोखरी किनारमा रहेका घाटहरू सजाउन थालिएको हो। पर्वलाई व...

#घाट #पर्व #छठको
Compare →
Nagarik News
1d ago
विराटनगरमा यसरी हुँदैछ छठको तयारी (फोटोफिचर) 

विराटनगरमा यसरी हुँदैछ छठको तयारी (फोटोफिचर) 

छठ पर्व मनाउन श्रद्धालुहरू पुग्ने जलाशयका किनार सफा गर्ने, घाट सम्याउने, सजावट गर्ने तथा पूजाका लागि आवश्यक व्यवस्था मिलाउने काम भइरहेको छ।

#घाट #पर्व #छठको
Compare →

Related Stories

National (Nepal)
Build #2612