Trending
Prev Story
Next Story

एसीसी यू-१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

Onlinekhabar •
November 06, 2026 • 10:30 AM
8
8 reads 0 reactions 4 comments

२० कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको छ । ओसिए ग्राउन्ड वानमा शुक्रबार भएको समूह ए को खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन …

एसीसी यू-१९ एसिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

२० कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको छ ।

ओसिए ग्राउन्ड वानमा शुक्रबार भएको समूह ए को खेलमा ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शन गर्दा नेपालले ठूलो हार बेहोरेको हो ।

नेपालले दिएको १२९ रनको सामान्य लक्ष्य भारतले १९.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको हो । भारतका लागि आर्यविर सेहवागले ५२ बलमा ७ चौका प्रहार गर्दै अविजित ७२ रन बनाए ।

यस्तै कप्तान तथा ओपनर लक्ष्य राईचन्दनीले ६३ बल खेल्दै ७ चौका मदतमा ५२ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२.३ ओभरमा सबै विकेट गुमाएर १२८ रनमा अलआउट भएको थियो ।

नेपालका लागि दर्श सोनारले सर्वाधिक ४३ रन बनाए भने विकेटकिपर आशिष लुहारले २९ तथा ओपनर निरज कुमार यादवले २० रन जोडे ।  बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका इशान सुद र अर्जुन राजपुतले ३-३ विकेट लिए । भुत्कुरी यसभिर गौडले २ विकेट लिए ।

नेपालले आफ्नो दोस्रो खेल आइतबार युएईसँग खेल्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
17h ago
भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित

भारत ‘ए’ सँग नेपाल यू–१९ महिला टोली १२५ रनले पराजित

काठमाडौँ । भारत ‘ए’ महिला टोलीसँगको खेलमा नेपाली यू–१९ महिला क्रिकेट टोली १२५ रनको फराकिलो अन्तरले पराजित भएको छ । भारत ‘ए’ले दिएको २०६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाए...

#भारत #पराजित
Compare →
Ekantipur
1h ago
रोनाल्डो विनाको पोर्चुगल पराजित

रोनाल्डो विनाको पोर्चुगल पराजित

क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएयताको पहिलो खेलमा पोर्चुगल डेनमार्कको हातबाट शनिबार ४–१ ले पराजित भएको छ ।

#पराजित
Compare →
Nagarik News
1h ago
सम्बन्ध चिसिएकै बेला भारत भ्रमणमा जाँदै पाकिस्तानी मन्त्री

सम्बन्ध चिसिएकै बेला भारत भ्रमणमा जाँदै पाकिस्तानी मन्त्री

सन् २०२३ मे महिनामा तत्कालीन विदेशमन्त्री बिलावल भुट्टो जरदारीले भारतको गोवामा आयोजित एससीओ बैठकमा सहभागिता जनाएका थिए। त्यसयता पाकिस्तानी सङ्घीय मन्त्री भारत जान लागेको यो पहिलोपटक हो।

#भारत
Compare →
Bizshala
1d ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

Sports
Build #2612