Trending
Prev Story
Next Story

बझाङ जीप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

Ekantipur •
November 04, 2026 • 06:01 AM
2
2 reads 0 reactions

मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीले घटनास्थलबाट जानकारी दिएका छन्।

बझाङ जीप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीले घटनास्थलबाट जानकारी दिएका छन्।

बझाङ — बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै डाँडाइजरस्थित सुडेधार खोलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

मृत्यु हुनेमा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामी रहेका छन्। उनीहरू दुवैको घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर धामीले घटनास्थलबाट जानकारी दिएका छन्।

स्थानीयका अनुसार से ००१ च ४३७६ नम्बरको जीप ब्रेक फेल भएर बिहान  दुर्घटनामा परेको हो। काँडाचौरका १५ जना स्थानीय बासिन्दालाई बोकेर बागथलातर्फ आउँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको बताइएको छ।

जीपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी रहेको बताइएको छ। उक्त जीप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको स्थानीयले बताएका छन्।

दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्। उनीहरूको उद्धार तथा उपचारबारे थप विवरण आउन बाँकी छ। अन्य सात जनाको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन्।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#दुर्घटना #अपडेट #मृतक
Compare →
Onlinekhabar
11h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#मृत्यु #गाउँपालिका #दुर्घटना
Compare →
Nagarik News
23h ago
सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

सर्लाहीको चक्रघट्टामा आज शोक बिदा, पालिकाले मृतक परिवारलाई जनही ५० हजार दिने

मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा गाउँपालिकाका नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शोक बिदा दिएको छ।

#मृत्यु #गाउँपालिका #मृतक
Compare →
Arthasansar
18h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#गाउँपालिका #दुर्घटना
Compare →
Bizshala
20h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना #मृतक
Compare →

Related Stories

Health & Wellness
Build #2612