काठमाडौं । ‘अर्नब’ चक्रवातको प्रभावले देशभर भइरहेको वर्षाका कारण कुलेखानी जलाशयको जलसतह निरन्तर बढिरहेको छ । शनिबार दिउँसो १ बजेसम्म जलाशयको सतह एक हजार ५२८.२९ मिटर पुगेको नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाले जानकारी दिएका छन् ।
तिम्सिनाका अनुसार शुक्रबार (कात्तिक १३ गते) बिहान एक हजार ५२७.६० मिटर रहेको जलाशयको सतह शनिबार बिहानदेखि निरन्तर बढिरहेको छ । पछिल्लो समय जलाशयको सतह प्रतिघण्टा करिब २४ सेन्टिमिटरका दरले बढिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )