१९ कात्तिक, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल बापत दिँदै आएको अनुदान भुक्तानी स्थगित गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ देखि कृषि विद्युत् मिटरको महसुल सम्बन्धित कृषक आफैंले नेपाल विद्युत् प्राधिकरणमा बुझाउनुपर्ने जनाएको छ। नेपाल सरकार, अर्थ मन्त्रालयको अनिवार्यबाहेकका अन्य खर्च कटौती गर्ने निर्देशनअनुसार कृषि विद्युत् मिटरको अनुदान तथा महसुल भुक्तानी कार्य हाललाई स्थगित गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामसागर यादवका अनुसार आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ मा नगरपालिकाका विभिन्न वडाबाट कृषि विद्युत् मिटरका लागि दर्ता भएका कृषकहरूको आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको विद्युत् महसुल मात्र नगरपालिकाले भुक्तानी गर्नेछ। आर्थिक वर्ष २०८३/८४ देखि लागु हुने गरी कृषि विद्युत् मिटरको महसुल सम्बन्धित उपभोक्ता कृषक स्वयंले नेपाल विद्युत् प्राधिकरणमा समयमा बुझाउनुपर्ने नगरपालिकाकी कृषि विकास अधिकृत हिमानी यादवले बताइन्। नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल भुक्तानी गर्न छाडेपछि यहाँका कृषकहरू प्रभावित हुने भएका छन्। यसअघि नगरपालिकाले भुक्तानी गर्दै आएको महसुल अब आफैंले तिर्नुपर्ने भएपछि कृषकहरूलाई थप आर्थिक भार पर्ने देखिएको छ।
बोदेबरसाईनमा कृषि विद्युत् मिटरको अनुदान भुक्तानी स्थगित
१९ कात्तिक, सप्तरी । सप्तरीको बोदेबरसाईन नगरपालिकाले कृषि विद्युत् मिटरको महसुल बापत दिँदै आएको अनुदान भुक्तानी स्थगित गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै आर्थिक वर्ष २०८३/८४ देखि कृषि विद्युत् मिटरको महसुल सम्बन्धित कृषक आफैंले नेपाल विद्युत् …
Same Story from Other Publications
Compare how 3 other independent news outlets reported on this story.
साढे तीन हजार मिटर उचाइमा कार्यपालिका बैठक, बडिमालिका प्रवर्द्धन गर्दै बुढीनन्दा
कैलाली । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध बडिमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बाजुराको बुढीनन्दा नगरपालिकाले समुद्री सतहबाट ३ हजार ५ सय ५५ मिटर उचाइमा कार्यपालिका बैठक आयोज...
मकवानपुरमा यात्रुबाहक ईभी सडकबाट ५०० मिटर तल खस्यो
बिहीबार बिहान ५ः४५ बजे भिमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा ईभी गाडी सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो।
लक्ष्मीपूजामा विद्युत्को माग १,८१३ मेगावाट, ५८७ मेगावाट भारत र बंगलादेश निर्यात
यस वर्षको लक्ष्मीपूजाको दिन आइतबार विद्युत् प्रणालीमा एक हजार ८१३ मेगावाट विद्युत् माग पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार...