कैलाली । धार्मिक तथा पर्यटकीय दृष्टिले प्रसिद्ध बडिमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बाजुराको बुढीनन्दा नगरपालिकाले समुद्री सतहबाट ३ हजार ५ सय ५५ मिटर उचाइमा कार्यपालिका बैठक आयोजना गरेको छ।
बुढीनन्दा नगरपालिका–९ स्थित बाणेपाटनमा नगरप्रमुख जनककुमार बोहराको अध्यक्षतामा कार्यपालिका बैठक बसेको हो। बडिमालिका क्षेत्रको पर्यटन प्रवर्द्धन, पोरेखे हुँदै बडिमालिका पुग्ने छोटो पर्यटकीय मार्गको विकास तथा यस क्षेत्रको सम्भावनाबारे छलफल गर्न उच्च हिमाली क्षेत्रमा बैठक आयोजना गरिएको नगरप्रमुख बोहराले बताए।
स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )