खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सुनसरीको इटहरीमा रहेको भाटभटेनी सुपर मार्केटमा बिक्रीका लागि राखिएको पसकुल विजडेरी ब्रान्डको ब्याच नम्बर–२७२ २५ एसको दही बजारबाट तुरुन्त फिर्ता ल्याउन निर्देशन दिएको छ ।
विभागको अनुगमनका क्रममा उक्त पास्चराइज्ड दहीमा स्पष्ट देखिने गरी ढुसी परेको पाइएपछि उक्त ब्याचको सम्पूर्ण दही बिक्रीवितरणसमेत नगर्न निर्देशन दिएको हो । इटहरीका उपभोक्तले भाटभटेनी सुपर मार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि, इटहरीबाट खरिद गरेको दहीको पोकामा ढुसी देखिएको भन्दै बिल र प्रमाणसहित सुनसरीमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा सो कार्यालयको र्यापिड रेस्पोन्स तथा अलर्ट टोली र प्रहरीको उपस्थितिमा संयुक्त अनुगमन गरी अनुगमन प्रतिवेदनका आधारमा विभागले यस्तो निर्देशन जारी गरेको हो ।
Read full story at source ( gorkhapatraonline.com )