Trending
Prev Story
Next Story

कान्तिलोकपथमा राति सवारी साधन आवागमनमा रोक

Ekantipur •
October 30, 2026 • 11:01 AM
2
2 reads 0 reactions

प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार शुक्रबार र शनिबार अर्थात १३ र १४ कात्तिकमा कान्तिलोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।

कान्तिलोकपथमा राति सवारी साधन आवागमनमा रोक

प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार शुक्रबार र शनिबार अर्थात १३ र १४ कात्तिकमा कान्तिलोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।

हेटौँडा — बंगालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभावका कारण निरन्तर वर्षा भइरहेकाले कान्ति लोकमार्गमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलले शुक्रबार दिउँसो सूचना जारी गर्दै सम्बन्धित सबैलाई जोखिमयुक्त समयमा यात्रा नगर्न र प्रशासनको निर्णयअनुसार सवारी साधन सञ्चालन गर्न अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी दुर्घटना तथा बाढीपहिरोबाट हुन सक्ने मानवीय र भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो । प्रशासन कार्यालयद्वारा  जारी सूचनाअनुसार शुक्रबार र शनिबार अर्थात १३ र १४ कात्तिकमा कान्तिलोकमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ ।

बंगालको खाडीमा बनेको अर्णव चक्रवातका कारण १२ कात्तिकदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको र यसले सडक तथा राजमार्गमा बाढी र पहिरोको उच्च जोखिम निम्त्याउन सक्ने प्रशासनको ठहर छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त समयमा कान्ति लोकमार्ग हुँदै यात्रा गर्ने तथा सवारी सञ्चालन गर्ने सबैलाई सूचनाको पालना गर्न आग्रह गरेको छ । मकवानपुरका बिहीबार रातिदेखि नै वर्षा सुरु भएको छ । शुक्रबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं–हेटौँडा सडकमा राति सवारी चलाउन रोक

काठमाडौं । दक्षिणकाली हुँदै जाने काठमाडौं–हेटौँडा सडक खण्डमा रातिको समयमा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै बल्खु–दक्षिणकाली हुँदै हेटौँ...

#सवारी #रोक #राति
Compare →
Nagarik News
2d ago
घोप्टेभिर एकतर्फी सञ्चालन, सवारी साधनको उच्च चाप

घोप्टेभिर एकतर्फी सञ्चालन, सवारी साधनको उच्च चाप

पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।

#सवारी #साधन
Compare →
Arthasansar
21h ago
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

भीमफेदी सवारी दुर्घटना छानबिन गर्न सरकारले बनायाे पाँच सदस्यीय समिति गठन

मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गहिरो दुःख व्यक्त गरेको छ।  शुक्रबार...

#सवारी
Compare →
Onlinekhabar
1d ago
तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु

तिहारको समयमा काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट पाँच जनाको मृत्यु

२५ कात्तिक, काठमाडौं । तिहारको अवधिमा काठमाडौं उपत्यकामा भएको सवारी दुर्घटनामा ५ जनाले ज्यान गुमाएका छन् । कात्तिक २१ गतेदेखि २५ गते भाइटीकासम्मको अवधिमा ७८ वटा सवारी दुर्घटनाहरू भएको र दुर्घटनामा ५ जनाको मृत्यु भएको काठमाडौं …

#सवारी
Compare →

Related Stories

Sports
Build #2612