काठमाडौं । अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले सञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण देशभरका विमानस्थलमा लगाएको ‘ग्राउन्ड स्टप’ आदेश केही घण्टापछि हटाएको छ । तर, उडान सेवा तत्काल सामान्य अवस्थामा फर्किने अवस्था देखिएको छैन ।
अमेरिकी यातायातमन्त्री सन डफीले उडान रोकको कारण पुरानो सञ्चार पूर्वाधार रहेको बताएका छन् । उनका अनुसार हवाई ट्राफिक नियन्त्रण प्रणालीमा अझै पुराना स्विच, राउटर र तामाका तारमा आधारित सञ्जाल प्रयोग भइरहेको छ ।
Read full story at source ( baahrakhari.com )