अमेरिकामा अचानक देशभरका सबै हवाई उडानमा रोक लगाइएको छ। संघीय उड्डयन प्रशासन (एफएए)ले यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै आकस्मिक निर्णय लिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
अचानक देशभरका सबै हवाई उडानमा रोक लगाउँदा करिब ७ हजार उडानहरू ढिला भएका छन् भने कैयौँ उडान रद्द गर्नुपरेको छ। उडान अवरुद्ध हुँदा न्युयोर्क, वासिङ्टन र क्यालिफोर्नियालगायत देशका विभिन्न प्रमुख सहरका विमानस्थलहरूमा हजारौँ यात्रुहरू अलपत्र परेको सीएनएनले जनाएको छ।
Read full story at source ( himalpress.com )