Trending
Prev Story
Next Story

बल्खु-हेटौंडा चल्ने सवारीसाधनले अब बेलुकी ८ बजेसम्म फर्पिङको प्रहरी चेकपोस्ट पार गरिसक्नु पर्ने

Ekantipur •
November 13, 2026 • 03:01 PM
1
1 reads 0 reactions

यस रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन अब बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

बल्खु-हेटौंडा चल्ने सवारीसाधनले अब बेलुकी ८ बजेसम्म फर्पिङको प्रहरी चेकपोस्ट पार गरिसक्नु पर्ने

यस रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन अब बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

हेटौंडा — जिल्ला प्रशासन कार्यालय काठमाडौंले बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ ।

जिल्ला सुरक्षा समिति काठमाडौंको निर्णयअनुसार उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन अब बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ । त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा यात्रु, चालक र सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै निर्धारित समयतालिका तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ । शुक्रबार जारी सूचनामार्फत यात्रु सुरक्षालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको जनाइएको छ ।

पछिल्लो समय काठमाडौं–बल्खु–दक्षिणकाली–हेटौंडा सडकखण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाबाट मानवीय क्षति हुने क्रम चिन्ताजनक रहेको प्रशासनले जनाएको छ ।

साँघुरा सडक, भिरालो तथा घुम्तीयुक्त मार्ग, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति, रातिको समयमा अँध्यारो सडकमा यात्रा तथा चालकको अत्यधिक कार्यबोझ र अनिद्रालाई दुर्घटनाका प्रमुख कारणका रूपमा औँल्याइएको छ ।

मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने गरेको गुनासोसमेत प्राप्त भएको प्रशासनले जनाएको छ । प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ ।

यसैगरी, काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी युनिट तथा ट्राफिक प्रहरीलाई प्रत्येक यात्रुवाहक सवारीसाधन अनिवार्य रूपमा जाँच गर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको छ ।

फर्पिङबाट बिहीबार बिहान ४ बजे हेटौंडाका लागि छुटेको यात्रुवाहक माइक्रोबस भीमफेदीको चिसापानीगढीमा पौने ६ बजे दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको थियो । उक्त घटनालाई लिएर काठमाडौं जिल्ला प्रशासन कार्यालयले उक्त सूचना जारी गरेको हो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
2h ago
बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

बल्खु–हेटौँडा रुटमा नयाँ नियम : बिहान ५ बजेपछि चल्ने र राति ८ बजेसम्म फर्पिङ पुग्नैपर्ने

काठमाडौँको बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी...

#सवारीसाधन #बल्खु #चल्ने
Compare →
Onlinekhabar
3h ago
बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

२७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले एक विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे …

#सवारीसाधन #बल्खु #हेटौंडा
Compare →
Nagarik News
3h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#सवारीसाधन #फर्पिङ #पर्ने
Compare →
Hamro Patro News
2h ago
काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँबाट हेटौँडा जाने यात्रुवाहक सवारी बेलुका ८ बजे फर्पिङ कटिसक्नुपर्ने

काठमाडौँ । काठमाडौँ–फर्पिङ–कुलेखानी–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढेसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले सो सडकमा रातिको समयमा यात्रुवाहक सवारी साधन सञ्चालनका लागि नयाँ समय तालिका लागू गरेक...

#बेलु #फर्पिङ #पर्ने
Compare →
Bizshala
1w ago
आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयको समय एक घण्टा घटाइएको छ। सरकारको निर्णयअनुसार अब माघ १५ गतेसम्म सरकारी कार्यालय...

#बजेसम्म
Compare →

Related Stories

National (Nepal)
Build #2611