Trending
Prev Story
Next Story

सल्यानमा अटो दुर्घटना : एकको मृत्यु, एक घाइते

Ekantipur •
October 29, 2026 • 06:31 AM
3
3 reads 0 reactions

बागचौरको मोख्ला बजारबाट माथिल्नो मोख्ला जाँदै गरेको अटो अनियन्त्रित भएर गएराति दुर्घटनामा परेको थियो ।

सल्यानमा अटो दुर्घटना : एकको मृत्यु, एक घाइते

बागचौरको मोख्ला बजारबाट माथिल्नो मोख्ला जाँदै गरेको अटो अनियन्त्रित भएर गएराति दुर्घटनामा परेको थियो ।

सल्यान — सल्यानमा अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।जिल्लाको बागचौर नगरपालिका-१० मोख्ला बजारबाट माथिल्नो मोख्ला जाँदै गरेको रा १ ह ६१२६ नम्बरको अटो भित्री सडक खण्डमा दुर्घटना हुँदा सवार छत्रेश्वरी गाउँपालिका-५ का वर्ष ३५ का रेशम रावतको मृत्यु भएको हो भने अटो चालक मोख्ला निवासी वर्ष ३४ का निर्मल कवर मगर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार अटो अनियन्त्रित भएर गए राति १ बजे दुर्घटनामा परेको थियो । रेशम रावतको घटनास्थलमै मृत्यु भएको उनले जानकारी गराए ।घाइते निर्मल कवर मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा उपचार भइरहेको उनको भनाइ छ ।

अटो सडकदेखि ५५ मिटर तल खसेको थियो । अटोमा दुई जना मात्र सवार थिए । घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय थरमारेको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पठाएको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
19h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#दुर्घटना #मृत्यु
Compare →
Onlinekhabar
16h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना #मृत्यु
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Bizshala
1d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →
Arthasansar
1d ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#मृत्यु #घाइते
Compare →

Related Stories

Health & Wellness
Build #2612