Trending
Prev Story
Next Story

एनपीएल - ३ : जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच खेल हुँदै

Ekantipur •
October 29, 2026 • 06:31 AM
3
3 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो १२:३० बजे हुँदैछ भने दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।

एनपीएल - ३ : जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो १२:३० बजे हुँदैछ भने दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल

करण केसीको कप्तानीमा उत्रिन लागेको काठमान्डुबाट भीम सार्की, सुमित महर्जन, हरिशंकर साह, राशिद खान, आदिल आलम अन्सारी, शाहब आलम, अमेरिकाका स्मित पटेल, अस्ट्रेलियाका साम हेजलेट, बंगलादेशका रिपोन मण्डल, पाकिस्तानका जहान्दाद खान खेलिरहेका छन् । सूर्यांशु कोइराला र प्रसिद्ध जैसी नेपालको यू–१९ टोलीको बन्द प्रशिक्षणमा परेपछि गोर्खाजले उनीहरूको स्थानमा सुमित महर्जन र हरिशंकर साहलाई टोलीमा समावेश गरेको छ ।

अमेरिकी अलराउन्डर हरमित सिंहको कप्तानीमा जनकपुरमा तृतराज दास, मयन यादव, अनिल साह, अमरसिंह रौटेला, अभिषेक तिवारी, ललित राजवंशी, राहुल यादव, मोइन अली, सैफ हैसन, कुशल पेरेरा खेलिरहेका छन् ।

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पहिलो ब्याटिङ गर्ने भएको छ । काठमान्डु गोर्खाजका कप्तान करण केसीले टस जितेपछि जनकपुर बोल्ट्सलाई पहिला फिल्डिङका लागि भनेका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजका दुवै टोली आइपुगेका छन् । मैदानमा अभ्यासरत छन् खेलाडी ।

जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबारको पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछन् । खेल १२.३० बजे सुरु हुनेछ ।

शुभ बिहानी ! त्रिवि क्रिकेट मैदानबाट कान्तिपुर टिम लाइभ अपडेटमा जोडिइसकेको छ । अब जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीचको खेलका ताजा अपडेट लिएर हामी तपाईँहरूमाझ उपस्थित हुनेछौं । आज आकाश बादलले ढाकिएको छ र मौसम केही धुम्मिएको छ । खेलका हरेक अपडेटका लागि हामीसँगै रहनुहोला ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

चितवन राइनोजद्वारा जनकपुर बोल्ट्स पराजित

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदा...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Arthasansar
15h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Onlinekhabar
15h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Nagarik News
16h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#एनपीएल #जनकपुर
Compare →

Related Stories

Sports
Build #2612