काठमाडौँ। कास्कीको पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते भएको कालिका बोर्डिङ स्कुलको बस दुर्घटना प्राविधिक खराबी, तीव्र गति र चालकको लापर्वाहीका कारण भएको छानबिन समितिले निष्कर्ष निकालेको छ।
पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिले नगरप्रमुखलाई बुझाएको प्रतिवेदनमा ग२ख १७४७ नम्बरको बसको ब्रेक प्रणाली, स्टेरिङ, सस्पेन्सन, अनिवार्य प्राविधिक जाँचपास (फिटनेस टेस्ट) को अभाव र तीव्र गतिलाई दुर्घटनाका मुख्य कारकका रूपमा औँल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( hamrakura.com )