Trending
Prev Story
Next Story

नेपाली वैज्ञानिकको ज्ञान नेपालको अनुसन्धानसँग जोड्न जर्मनीमा सम्मेलन

Onlinekhabar •
October 18, 2026 • 07:00 PM
3
3 reads 0 reactions

२७ असोज, बार्सिलोना । विदेशमा रहेका नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताको ज्ञान, सीप र अनुभवलाई नेपालको अनुसन्धान तथा नवप्रवर्तनसँग जोड्ने उद्देश्यले आयोजित नेपाल-युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६ जर्मनीमा सम्पन्न भएको छ। शुक्रबार (९ अक्टोबर) ट्युबिङ्गेन विश्वविद्यालयमा …

नेपाली वैज्ञानिकको ज्ञान नेपालको अनुसन्धानसँग जोड्न जर्मनीमा सम्मेलन

२७ असोज, बार्सिलोना । विदेशमा रहेका नेपाली वैज्ञानिक तथा अनुसन्धानकर्ताको ज्ञान, सीप र अनुभवलाई नेपालको अनुसन्धान तथा नवप्रवर्तनसँग जोड्ने उद्देश्यले आयोजित नेपाल-युरोप विज्ञान तथा प्रविधि सम्मेलन २०२६ जर्मनीमा सम्पन्न भएको छ।

शुक्रबार (९ अक्टोबर) ट्युबिङ्गेन विश्वविद्यालयमा सम्पन्न सम्मेलनमा पाँच देशका करिब ६० जना सहभागी भएका थिए। ‘नेपालका लागि, नेपालीबाट’ भन्ने मूल भावसहित आयोजित सम्मेलनमा नेपाल,जर्मनी, फिनल्यान्ड, डेनमार्क र स्विट्जरल्यान्डका वैज्ञानिक, अनुसन्धानकर्ता, प्राध्यापक, चिकित्सक, इन्जिनियर तथा विद्यार्थी सहभागी थिए ।

सम्मेलनमा विज्ञान, प्रविधि, स्वास्थ्य, जीवविज्ञान, जैविक प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा भइरहेका अनुसन्धानबारे छलफल भएको थियो नेपालका अनुसन्धान संस्थासँग विदेशमा रहेका नेपाली विज्ञले सहकार्य गर्न सक्ने सम्भावनाबारे पनि चर्चा गरिएको थियो।

सम्मेलनको आयोजना जैविक विज्ञान तथा जैविक प्रविधि अनुसन्धान संस्था, ट्युबिङ्गेन विश्वविद्यालय, नेपाली रुट्स संस्था र काठमाडौं विश्वविद्यालय जैविक प्रविधि पूर्वविद्यार्थी सञ्जालको सहकार्यमा गरिएको हो। कार्यक्रमको संयोजन अनुसन्धान संस्थाका सहसंस्थापक तथा अध्यक्ष प्रज्वल राजभण्डारीले गरेका थिए।

सम्मेलनका क्रममा नेपालस्थित जैविक विज्ञान तथा जैविक प्रविधि अनुसन्धान संस्था र जर्मनीस्थित नेपाली रुट्स संस्था बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीले नेपाल र युरोपका वैज्ञानिक तथा अनुसन्धानकर्ताबीच सहकार्य विस्तार गर्ने लक्ष्य राखेको छ। यसअन्तर्गत संयुक्त अनुसन्धान, ज्ञान आदानप्रदान र साझा परियोजना सञ्चालनका सम्भावना खोजिनेछ।

विदेशमा रहेका नेपाली वैज्ञानिक तथा प्राविधिक जनशक्तिले नेपालको शिक्षा, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा पुर्‍याउन सक्ने योगदानबारे सम्मेलनमा छुट्टै सत्र आयोजना गरिएको थियो। नेपाली रुट्सका अध्यक्ष डा. कृतन गौतमले उक्त सत्रको संयोजन गरेका थिए।

छलफलमा नेपालका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग संयुक्त अनुसन्धान गर्ने, ज्ञान हस्तान्तरण गर्ने र विद्यार्थीको क्षमता विकास गर्ने विषय उठाइएको थियो। विदेशमा आर्जन गरेको विशेषज्ञतालाई नेपालको आवश्यकतासँग जोड्न सके अनुसन्धानका नयाँ अवसर सिर्जना गर्न सकिने धारणा सहभागीहरूले राखेका थिए।

सम्मेलनमा काठमाडौं विश्वविद्यालयका पूर्वविद्यार्थीहरूले पनि आफ्नो अनुसन्धान तथा व्यावसायिक अनुभव प्रस्तुत गरेका थिए। जर्मनी, फिनल्यान्ड र स्विट्जरल्यान्डमा कार्यरत पूर्वविद्यार्थीले स्वास्थ्य, सूक्ष्मजीव, जैविक प्रविधि र इन्जिनियरिङका क्षेत्रमा भइरहेका कामबारे जानकारी गराएका थिए।

ट्युबिङ्गेन विश्वविद्यालयका प्राध्यापक ह्याराल्ड ग्रोस र टुर्कु विश्वविद्यालयकी डा. एभेलिना मुनुक्काले पनि अनुसन्धानसम्बन्धी प्रस्तुति दिएका थिए।

आयोजकहरूले सम्मेलनबाट स्थापित सम्पर्कलाई निरन्तरता दिँदै नेपाल र युरोपबीच विज्ञान, प्रविधि तथा अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने बताएका छन्। विदेशमा रहेका नेपाली विज्ञको ज्ञान र अनुभवलाई नेपालको अनुसन्धान तथा नवप्रवर्तनमा उपयोग गर्नु सम्मेलनको प्रमुख लक्ष्य रहेको आयोजकले जनाएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
18h ago
६० वर्षदेखि वैज्ञानिकले नदेखेको अण्डा पार्ने स्तनधारी जनावर फेरि भेटियो!

६० वर्षदेखि वैज्ञानिकले नदेखेको अण्डा पार्ने स्तनधारी जनावर फेरि भेटियो!

६० वर्षभन्दा बढी समयदेखि वैज्ञानिकहरूले प्रत्यक्ष अभिलेख गर्न नसकेको दुर्लभ स्तनधारी जनावर इन्डोनेसियाको पपुआ क्षेत्रमा फेरि फेला परेको छ। सर डेभिड एटनबरोको नामबाट नामकरण गरिएको एटनबरोको लामो चुच्...

#वैज्ञानिक #ज्ञान
Compare →
Nagarik News
2d ago
सरकारलाई ज्ञानेन्द्रको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान किन भएन ?

सरकारलाई ज्ञानेन्द्रको प्रश्न : भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान किन भएन ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान र कारबाही अघि नबढेको भन्दै सरकारमाथि प्रश्न गरेका छन्।

#अनुसन्धान #ज्ञान
Compare →
Ekantipur
3h ago
मौलाकालिकामा गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन

मौलाकालिकामा गण्डकी प्रदेशस्तरीय गुरुकुल सम्मेलन

संस्कृत विषय पढाउने विद्यालयदेखि गुरुकुल पद्धतिमा संस्कृत शिक्षा पढाउँदै आएका शैक्षिक प्रतिष्ठानका प्रतिनिधिहरूले भाग लिने सम्मेलन सोमबार सकिनेछ ।

#सम्मेलन
Compare →

Related Stories

National (Nepal)
Build #2612