Trending
Prev Story
Next Story

नेशनल प्याब्सनको विशेष अधिवेशन चितवनमा हुने, विधान संशोधन मुख्य एजेन्डा

Arthasansar •
October 27, 2026 • 10:02 AM
3
3 reads 0 reactions

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले विशेष अधिवेशन आयोजना गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी...

नेशनल प्याब्सनको विशेष अधिवेशन चितवनमा हुने, विधान संशोधन मुख्य एजेन्डा

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) ले विशेष अधिवेशन आयोजना गर्ने भएको छ। केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी २०८३ साल कार्तिक १४ र १५ गते चितवनमा विशेष अधिवेशन हुन लागेको हो।

नेशनल प्याब्सनद्वारा प्रकाशित सूचनाअनुसार अधिवेशन चितवनको सौराहास्थित युनिक वाइल्ड रिसोर्ट प्रा.लि.मा दिउँसो १ बजे आयोजना हुनेछ। विशेष अधिवेशनमा संगठनको विधान संशोधनसम्बन्धी विषयमा छलफल गरी आवश्यक निर्णय गरिने जनाइएको छ। सूचनामा उल्लेख भएअनुसार गृह मन्त्रालयको निर्देशन, उच्च अदालत पाटनको आदेश तथा मन्त्रालयबाट पुनः जारी भएको पत्रसमेतका आधारमा केन्द्रीय कार्यसमितिले तयार पारेको विधान संशोधनको पाँचौँ प्रस्तावमाथि छलफल हुनेछ।

नेशनल प्याब्सनले अधिवेशनमा सहभागी भई प्रस्तावित विषयमा छलफल तथा निर्णय प्रक्रियामा योगदान पुर्‍याउन सदस्य विद्यालयहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ। संगठनको विधानको दफा २०.१ बमोजिम विशेष अधिवेशन आह्वान गरिएको सूचनामा उल्लेख छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3h ago
कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

२८ कात्तिक, पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी अधिवेशनको मिति …

#अधिवेशन
Compare →
Hamro Patro News
11h ago
नेपालको चितवनमा दलदल बनेको क्षेत्रलाई स्थानीयले बनाए दुई हेक्टरभन्दा ठूलो ताल!

नेपालको चितवनमा दलदल बनेको क्षेत्रलाई स्थानीयले बनाए दुई हेक्टरभन्दा ठूलो ताल!

चितवनको रत्ननगर नगरपालिका–९ स्थित मिलिजुली मध्यवर्ती सामुदायिक वनका स्थानीय उपभोक्ताले लामो समयदेखि दलदलका रूपमा रहेको क्षेत्रलाई आकर्षक जलाधारमा रूपान्तरण गरेका छन्। प्राकृतिक जैविक बाँध निर्माण ...

#चितवन
Compare →
Ekantipur
15h ago
प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

प्लेअफ सम्भावना कायम रहेकोमा चितवनको खुसी

चितवनको जितसँगै प्लेअफ सम्भावना कायम रहेकोमा कप्तान सिकन्दर राजाले खुसी व्यक्त गरेका छन् । जनकपुरमाथिको जितमा डाविड मालनको प्रदर्शन निर्णायक रहेको उनको भनाइ छ ।

#चितवन
Compare →
Nagarik News
16h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#चितवन
Compare →

Related Stories

National (Nepal)
Build #2612