Trending
Prev Story
Next Story

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ को अवस्था गम्भीर

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

९ कात्तिक, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटनामा परेर ५ जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार, स्कार्पियो दुर्घटनामा परेर अन्य ४ जना गम्भीर घाइते भएका …

गुल्मीमा स्कार्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ को अवस्था गम्भीर

९ कात्तिक, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ दबौखानीस्थित कालीगण्डकी करिडोर सडकखण्डमा स्कार्पियो दुर्घटनामा परेर ५ जनाको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र विश्वकर्माका अनुसार, स्कार्पियो दुर्घटनामा परेर अन्य ४ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूलाई अस्पताल पुर्‍याइएको र घटनास्थलमा ज्यान गुमाएकाहरूको शव माथि ल्याउने काम भइरहेको डीएसपी विश्वकर्माले जानकारी दिए ।

सोमबार अपराह्न करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बा.अ. ०२२० नम्बरको स्कार्पियो सडकबाट करिब २५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

घाइतेलाई उपचारका लागि कालीगण्डकी सामुदायिक अस्पताल, मिर्मी, स्याङ्जातर्फ पठाइएको डीएसपी विश्वकर्माले बताए ।

घाइतेहरूको नाम, थर तथा अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
35m ago
बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बर्दियामा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

लालपुरमा शनिबार दिउँसो भएको दुर्घटनामा यात्रुवाहक गाडीको ठक्करबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

#दुर्घटना #जनाको #मृत्यु
Compare →
Hamro Patro News
23h ago
पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरामा स्कुटर दुर्घटना: २ युवकको मृत्यु

पोखरा । पोखरामा स्कुटर दुर्घटनामा परि २ जना युवकको मृत्यु भएको छ । शुक्रबार दिउँसो करिब ३ बजे पोखरा ५ जिरो किमीस्थित लु३च५२७४ नं. को रोकी राखेको बोलेरो जिपको पछाडि ग२३प१७१६ नं. को स्कुटर ठोक्किएको...

#दुर्घटना #मृत्यु
Compare →
Nagarik News
2h ago
भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल

भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी र ट्राफिक प्रहरीको कमजोरी हो : सभापति गजुरेल

पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेले भीमफेदीको दुर्घटना हुनुमा सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको कमजोरी भएको बताएका छन्।

#दुर्घटना
Compare →
Bizshala
1d ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

Health & Wellness
Build #2612